शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • प्रेस चौतारी म्याग्दीद्वारा स्व.मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रिया
प्रेस चौतारी म्याग्दीद्वारा स्व.मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रिया
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १४, २०७९
IMG_6436
बेनी।‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा अन्तत्र्रिmया गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्व.जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमले अहिले देशलाई अगुवाई गरिरहेको बताउनुभयो । उहाँले विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाएपछि विश्वमा जबजले आश्चर्यचकित बनाएको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले गरेको कामलाई प्रचारप्रसार गर्ने मुख्य जिम्मेवारी प्रेस चौतारीको भएको बताउँदै सङ्गठनलाई आगामी दिनमा थप चलायमान र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले आ–आफ्नो धारणासहित बोल्नुभएको थियो । प्रेस चौतारी म्याग्दीको पाँचौं पूर्ण वैठकसहित आयोजना गरिएको उक्त अन्तत्र्रिmया कार्यक्रममा चौतारीको साधारण सदस्यता विस्तार, स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै भावी योजना र रणनीतिसहित विविध विषयहरुमा छलफल र निर्णय गरिएको छ । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा चौतारीका पूर्व तथा वर्तमान पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २२:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP