शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण
अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार ३२, २०७९
IMG_004
म्याग्दी ।अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई दिनसम्म चलेको प्रशिक्षणमा अनेमसंघको इतिहास र योगदान, अनेमसंघले बनाएको चौधबुँदे कार्यक्रम, जनताको बहुदलीय जनवाद (जबज), नेपालको राजनीतिक आन्दोलनमा अनेमसंघको योगदान, समसामयिक अवस्था, भावी योजना, साङ्गठनिक ढाँचा, अनुशासन, एमाले र अनमेसंघको अन्तर्सम्बन्ध, सङ्गठनको महत्व तथा विकास लगायतका विभिन्न विषयवस्तुहरुमा सहजीकरण गरिएको थियो । प्रशिक्षण कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य एवं अनेमसंघका केन्द्रीय अध्यक्ष थममाया थापा, एमाले केन्द्रीय सदस्य एवं अनेमसंघका केन्द्रीय सचिवालय सदस्य नरदेवी पुन, एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य एवं एमाले जिल्ला उपसचिव थमसरा पुन र अनेमसंघको केन्द्रीय सदस्य तथा एमाले जिल्ला सचिवालय सदस्य खरमाया बिटालुले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले र अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एमालेकै जोडबलका कारण देश र नेपाली जनताले संविधान पाएको बताउँदै संविधानको कार्यान्वयनसँगै सङ्घीयतामार्फत देशको दीगो विकास गर्नुपर्नेमा जोड दिनुभयो । अनेमसंघको केन्द्रीय अध्यक्ष समेत रहनुभएकी एमाले नेतृ थापाले अहिलेको सत्ता गठबन्धनले देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लगाउँदै देशलाई श्रीलङ्का हुनबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने अवस्था आएको बताउनुभयो । अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोकाको अध्यक्षता र सचिव विष्णु गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी सुष्मा बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १८:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP