शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाजले ज्ञापनपत्र बुझायो
नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाजले ज्ञापनपत्र बुझायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन १८, २०७९
IMG_7295
म्याग्दी ।क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता विधेयक फिर्ताको माग गर्दै क्षेत्री समाजले ज्ञापनपत्र बुझाएको हो । ‘राष्ट्रिय अखण्डता, विभेदमुक्त जातीय सद्भावको निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित समाजले राष्ट्रिय कार्यक्रमअन्तर्गत म्याग्दीमा पनि ज्ञापनपत्र बुझाइएको जनाएको छ । देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा दुवै सदनबाट पारित नागरिकता विधेयक फिर्ताको ध्यानाकर्षणस्वरुप ज्ञापनपत्र पठाइएको हो । सरकारले फास्ट ट्र¥याकको नाममा संसदमा पर्याप्त छलफल नगरिकनै नागरिकता विधेयक जस्तो संवेदनशील विषयलाई बहुमतको आधारमा पारित गरेकोमा क्षत्री समाज नेपालको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यसैगरी वंशजको अधिकारबाट नागरिकता पाउने आधारबाहेक अन्य आधारबाट विदेशी नागरिकहरुलाई नागरिकता दिने व्यवस्था विभिन्न मुलुकहरुमा आ–आफ्नै नियम र कानुनहरु छन् । भारतमा विवाह भएको ७ वर्षपछि मात्रै नागरिकता पाउने प्रक्रिया अघि बढ्ने प्रावधान रहेको ज्ञापनपत्रमा उल्लेख छ । नेपालमा भने विदेशी महिलासँग विवाह हुनासाथ नागरिकता दिन सकिने गरी सरकारले विधेयक प्रस्तुत गरेकाले आम स्वाभिमानी तथा राष्ट्रप्रेमी नेपालीहरुलाई अत्यन्त संवेदनशील बनाएको भन्दै ज्ञापनपत्रमार्फत जनाइएको छ । यस्तो व्यवस्थाले विदेशीलाई नेपाली नागरिकता लिन सहज हुनेहुँदा मुलुक विस्तारै ‘फिजिकरण’तर्फ उन्मुख हुने अवस्था देखिएको क्षत्री समाजको ठहर छ । त्यसैले दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयक यथाशीघ्र फिर्ता गर्ने मागसहित ज्ञापनपत्र बुझाइएको क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीले बताउनुभयो । नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयलाई वेवास्ता गर्दै राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति आँच आउन सक्ने विधेयक सरकारले फिर्ता नलिए क्षत्री समाजको नेतृत्वमा आन्दोलनको आँधिबेहोरी सिर्जना हुने र त्यसको जिम्मेवार स्वयं सरकार हुने ज्ञापनपत्रमार्फत चेतावनी दिइएको छ । क्षत्री समाजका जिल्ला अध्यक्ष केसी र सचिव हिमबहादुर भण्डारीले हस्ताक्षर गरेको ज्ञापनपत्र म्याग्दीका प्रजिअ चिरञ्जीवी रानालाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०६:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP