शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न
सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ १८, २०७९
magar-languge-talim-768x512 copy
म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिगाँको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ ठाउँमा साउन १७ गतेदेखि भदौ १७ गतेसम्म संचालन भएको भाषा प्रशिक्षणमा ५५ जनाको सहभागिता रहेको थियो । समुदायमा मगरको मातृ भाषा लोपहुदै गएको अवस्थामा वडाबाट ५० हजार रुपैयाँ बजेट ब्यवस्थापनबाट भाषा प्रशिक्षण गरिएको थियो । एक महिनासम्म संचालन भएको प्रशिक्षणमा प्रशिक्षक दानबहादुर आलेमगरले मगर जीवनशैलीमा प्रयोग गर्ने भाषाहरु सिकाउनुभएको थियो । तालिममा प्रशिक्षक आलेले मगर भाषामा परिचय, एक अर्का विचको साईनोमा बोलाउने भाषा, भान्सामा प्रयोग हुने शब्द, जीवजन्तु, खानेकुरा लगायतका शब्दहरु मगर भाषामा उच्चारण र बोल्ने तरिकाहरुबारे एक महिनाको समयमा सिकाएको बताउनुभयो । शुक्रबार सिंगास्थित तातोपानी जलमाई भगवती आमा समुहको भवनमा भएको समापन कार्यक्रममा बेनी नगरपालिका– ४ का वडा सदस्य प्रेम श्रीषमगर र नेपाल मंगर संघ बेनी नगरपालिका ४ सिंगाका अध्यक्ष कृष्णबहादुर घर्तिमगरले दोषल्लासहित फूलमालाले भाषा प्रशिक्षक आलेलाई सम्मान गर्नुभएको थियो । समापन कार्यक्रममा वडा सदस्य श्रीष मगरले लोप हुदै गएको मगर भाषा, कला र सस्कृति जोगाउन मगर जातीहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले एकजनाले तालिममा सिकेको भाषालाई समुदायमा प्रयोग गरेर पूस्ता हस्तान्तरण गर्न पनि आग्रह गर्नुभयो । मगर जातीको पुर्खौली भाषालाई संरक्षण र पुस्ता हस्तान्तरण गराउनका लागि आगामी बर्षमा पनि बजेट ब्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै प्रशिक्षक आलेले तालिममा सहभागि भएर सिकेको मगर मातृभाषालाई हर समयमा ब्यवहारमा लागु गरेर भाषा, सस्कृति र संस्कार बचाएर राख्न प्रेरित गर्नुभयो । इकाईका अध्यक्ष कृष्णबहादुर घतिमगरले सबैको चासो र चिन्तनले मात्र मगरको मातृ भाषा जोगाउन सकिने बताउनुभयो । उहाँले तालिमका लागि बजेट ब्यवस्थापन गर्ने वडाका जनप्रतिनिधि, भाषा प्रशिक्षणमा सहभािग सदस्यहरु धन्यवाद दिनुभएको थियो । नेपाल मंगर संघ इकाईका उपाध्यक्ष चित्रबहादुर गर्वुजाले मगर जातीको बाहुल्य भएको म्याग्दीमा एकले जानेको भाषा अन्यलाई सिकाउन आग्रह गर्नुभयो । संघका सचिव कप्रसाद बुढाथोकीको संचालन र सदस्य मिना गर्वुजाको स्वागतमा भएको समापन कार्यक्रममा भेषभुषामा सजिएर आएका मगर जातीले पुर्खौली, यानीमाया, कौडा र सालैजो गित प्रस्तुत गर्नुभएको थियो । म्याग्दी मगर जातीको बाहुल्य भएको जिल्लामा चिनिन्छ। मगर भाषाबाट जिल्लाका धेरैबस्तीकोहरुको नाम पनि नामाकरण गरिएको सचिव कप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । पछिल्लो समय मगर भाषासम्वन्धी पढाई र प्रशिक्षण नहुदाँ मगरहरुमा मातृभाषा कम प्रयोग हुदै गएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २०:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP