शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमालेका उम्मेदवारद्वारा घरदैलो र मतदाता भेटघाट गरी भोट माग्दै
एमालेका उम्मेदवारद्वारा घरदैलो र मतदाता भेटघाट गरी भोट माग्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ३, २०७९
311867577_958704381632939_3408128501917861871_n
म्याग्दी ।आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो । आज (बिहीबार) एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेता हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार पार्टी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीको एक टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदातासमक्ष भोट मागेको एमाले म्याग्दीले जनाएको छ । एमालेको यस टोलीले रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । कुईनेमङ्गले र चिमखोलाको विभिन्न टोल तथा वस्तीमा पुगेर आफूहरुले आसन्न निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न अपिल गरिएको प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठले बताउनुभयो । उहाँले एमालेले देशको नेतृत्व गर्दा जनमुखी बजेट तथा देश विकास निर्माणमा महत्वपूर्ण काम गरेको बताउँदै यसअघि एमाले नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणको कामलाई पूर्णता दिन पनि एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि एमालेले जित्नुको विकल्प नभएको उहाँले बताउनुभयो । घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा (क)का उम्मेदवार कटुवाल क्षत्रीले नेकपा एमालसँग देश विकास गर्ने स्पष्ट भिजन र नेतृत्व भएकाले एमालेको पक्षमा भोट दिन मतदातालाई आग्रह गर्नुभयो । उहाँले म्याग्दी जिल्लामा एमालेबाट निर्वाचित सांसद तथा नेताहरुको पहलमा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनलक्षित संरचनाहरु निर्माण गर्ने, लामो दुरी तथा अग्लो झोलुङ्गे पुल बनाउने, सडक विस्तार एवं स्तरोन्नति गर्ने, खानेपानी, खेलकुद, विद्यालय भवन निर्माणलगायत विभिन्न पूर्वाधारहरु निर्माणमा पर्याप्त बजेट र कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै भोट माग्नुभएको छ । मतदाता भेटघाट तथा घरदैलो अभियान कार्यक्रममा एमाले रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक बिखर्ची, सचिव झलक शर्मा, एमाले जिल्ला सदस्य चन्द्रमान छन्त्याल, युवा संघका जिल्ला संयोजक शिशिर शाही, एमाले रघुगंगा–८, का वडा कमिटी अध्यक्ष तेजिन फगामी र राष्ट्रिय जनसांस्कृतिक महासंघका जिल्ला महासचिव राजकुमार परियारसहितको टोली परिचालन भएको छ । यसैगरी म्याग्दी जिल्लाको प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम गरी भोट मागेको जनाएको छ । उक्त टोलीले मालिका गाउँपालिका–६, दरबाङको दुखु, ७ नम्बर वडा विमको धुनट र डाँडागाउँमा पुगेर मतदाता भेटघाटसँगै एमाले उम्मेदवार तथा पार्टीको पक्षमा भोट मागिएको एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेशसभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी संयोजक खरमाया बिटालुले बताउनुभयो । उहाँले घरदैलो अभियानमा उम्मेदवारसहित एमाले मालिका गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजा, सचिव सन्तोष सुवेदी, जिल्ला कमिटी सदस्य गौमती चपाई र दरबाङका वडाध्यक्ष पथबहादुर रोका रहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २१:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP