शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फेरियो कोदोको परिचय
फेरियो कोदोको परिचय
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर २६, २०७९
Kodo
पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुराँ र होटलमा कोदोको परिकार पाक्ने गरेको छ । निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै गएको पाइन्छ । कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन् । कोदोको परिकारको फाइदाका समेत प्रसस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ भने बागलुङका घरबासले कोदोको सेलरोटीलाई प्रमुख आकर्षक खानाका रुपमा प्रस्तुत गरिरहेका छन् । बागलुङका घरबास (होम–स्टे)को आकर्षणसमेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गए पछि कोदोको खेतीमा पुनः वृद्धि हुन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित सामुदायिक घरबास बेलढुङ्गा सामुदायिक घरबास, जैमिनीको मरुनी घरबास र भकुण्डेको अतिथि सत्कार घरबासमा कोदोको सेलरोटी आकर्षक परिकारमध्ये पर्दै आएको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताए । ‘चिसो याममा कोदोको ढिडो निकै रुचाइएको परिकारमध्ये पर्छ, लोकल कुखुराको मासुसँग ढिडो खाने धेरै हुन्छन्’, उनले भने, ‘पाहुनाले ढिडो रुचाउन थालेपछि घरको कोदोले नपुगे खरिद गरेरसमेत ल्याइन्छ, पहिला चामलको भात नै बढी रुचाइएको थियो पछिल्लो समय स्वास्थ्यका लागिसमेत कोदोले फाइदा पु¥याउने भएपछि कोदोको महत्व बढ्यो ।’ पहाडी जिल्लाको रुपमा रहेको बागलुङमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आउनुभएको छ । बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङलगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ भने गलकोट, बडिगाड, बलेवा, रेशलगायतको क्षेत्रमा धानखेती बढी मात्रमा हुने गर्छ । ‘पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो तर अहिले ठीक उल्टो भएको छ, चामल सहज भयो, ढिडो कोदोको परिकार दुर्लभ’, बागलुङको छिस्ती केवैका पूर्णबहादुर पुनले भने, ‘कोदोको महत्व बढे पनि ज्यालादारीमा काम गर्ने जनशक्ति नभएकाले दुई वर्षदेखि विद्युतीय उपकरणको सहायताले कोदो चुट्दै आएको छु, छिस्तीमा कोदो राम्रो हुन्छ, अहिले होटल तथा रेष्टुराँमा कोदोको परिकार पाक्छ भन्ने सुन्दा अचम्म लाग्छ ।’ जिल्लामा धान बालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि बागलुङमा भने कोदो खेती महत्वपूर्ण अन्न बालीका रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले रैथाने बाली कोदो संरक्षण र प्रवद्र्धन गर्न थालेकाले कोदोखेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताए । यस्तै ग्रामीण पोषण कार्यक्रमअन्तर्गत मुख्यतः कोदो बालीलाई नै विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले कोदो उत्पादन गर्ने किसानलाई यान्त्रीकरणमा समेत सहयोग गर्दै आइरहेको भट्टराईको भनाइ छ । कोदो, फापर र सिस्नोमा आइरल, मिनिरल बढी पाइने भएकाले ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको बताए । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनमा कोदो खेती गरिने भए पनि पछिल्लो समय केही जग्गा बाँझो राखिँदै आइएको छ । रैथानै बाली प्रवर्द्धन र कोदोको महत्व बढ्दै जाँदा क्रमशः बाँझो जग्गामा समेत कोदो खेती विस्तारमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्रको भनाइ छ । पछिल्लो समय कोदोको माग सहर बजारमा समेत हुँदा कोदो किसानसमेत उत्साहित भएका छन् । हाइब्रिड धान, गहुँ, मकै भित्र्याउने किसनाले कोदो भने परम्परागत बीउ लगाउने गरेका छन् तर कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउ वितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्पादन हुने क्षेत्रका किसानलाई नगद अनुदानमा कोदोको बीउ, तरकारी, र फलफूलका बीउ दिने कृषि ज्ञान केन्द्र बागलुङको योजना बर्सेनि वृद्धि हुँदै गइरहेको छ । रासस
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १५:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP