शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मिसन ग्रासरुट अभियानबाट एकल बहुमत:केसी
मिसन ग्रासरुट अभियानबाट एकल बहुमत:केसी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत १२, २०७९
330100654_605597734766775_8301143666852198358_n
बेनी । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनुभएको छ । शनिवार नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन ग्रासरुट–२०७९ को पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पोलिट व्युरो सदस्य केसीले अगुवा कार्यकर्तासहित जनताको माझमा कसरी पुग्ने भन्ने निष्कर्ष निकाल्नको लागि आयोजित अभियानमा कतिपय पार्टी एमालेसँग आफू एक्लै चुनावमा लड्न समेत डराएर अर्काको सहारा आवश्यक पर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । कांग्रेसबाट प्रधानमन्त्री नपाउँदा एमालेको सहयोगले सत्तामा गएपछि पुनः कांग्रेस कित्तामै फर्किएको माओवादी अबको दिनमा कुन अवस्थामा पुग्ला भनेर कल्पना गर्न नपर्ने उहाँले बताउनुभयो । नेकपा एमाले जनमतका हिसाबले देशको पहिलो पार्टी भएकाले आउँदो निर्वाचनबाट एकल बहुमत ल्याएर सत्ताको नेतृत्व गर्ने हुँदा अहिलेको मिसन ग्रासरुट त्यसैका लागि केन्द्रीत गरिएको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले पार्टीले दिएको जिम्मेवारी सबैले पुरा गर्नुपर्ने बताउँदै आफ्नो काम, कर्तव्य र अधिकार के हो भनेर पार्टी विधानले नै स्पष्ट किटान गरेको हुँदा सोहीअनुसार सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । एमाले म्याग्दीका उपसचिव थमसरा पुनले नेकपा एमाले एउटा सिङ्गो सङ्गठन भएकाले सबै पङ्तिले पार्टी निर्देशनलाई अक्षरशः पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रम एमाले बेनपा–८, वडा कमिटीका अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता, वडा सदस्य यामबहादुर बानियाँको स्वागत र वडानम्बर ७ का वडा कमिटी अध्यक्ष रमेश फगामीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच मिसन ग्रासरुट अभियानलाई लक्षित गरेर शनिवारै एमालेको जनसङ्गठनहरुको संयुक्त वैठक बेनीमा सम्पन्न भएको छ । वैठकले अभियानअन्तर्गत आ–आफ्नो जनसङ्गठनमार्फत विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने तथा पार्टीले सञ्चालन गरेको अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना समेत बनाएको छ । एमाले जिल्ला उपसचिव तथा जनसङ्गठन संयोजक थमसरा पुनको अध्यक्षतामा सम्पन्न वैठकलाई एमाले पोलिट व्युरो सदस्य मनकुमारी केसी र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य देवबहादुर घलेले सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP