शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशको उत्कृष्ट कृषि पुरस्कार म्याग्दीका ढुंगानालाई
गण्डकी प्रदेशको उत्कृष्ट कृषि पुरस्कार म्याग्दीका ढुंगानालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार १४, २०८०
suresh dhunggana
बेनी। म्याग्दीको बेनी नगरपालिका–७,कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ । जिल्लाका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि सम्मानको सूचिमा समावेश हुनुभएको हो । एक दशक खाडीमुलका विभिन्न देशमा विताएर स्वदेश फकिएपछि बि.स.२०७० सालदेखि निरन्तर पशुपालनमा सक्रिय ढुंगानालाई शुक्रबार सम्मान गरिने छ । खाडी मुलुकको कतार, यूएई, बहराईन र साउदी अरवबाट फर्किएपछि एउटा भैंसी र गाई सहित करिब ५ लाख रुपैयाँ लगानीबाट पशुपालन सुरू गरेका ढुंगानाले अहिले रहरलाग्दो आम्दानी गर्नुभएको छ । ढुंगाना कृषि तथा पशुपालन फार्म दर्ता गरी बैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुंगानाले केही दिन अगाडी बेनी नगरपालिका वडा नं ७ बाट समेत उत्कृष्ट कृषकबाट समेत सम्मानित हुनुभएको थियो ।ढुंगानाको फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैंसी, जर्सी गाई, बाच्छाबाच्छी गरी जम्मा ३५ वटा छन् । ३० वटा दुहुना गाईभैसीबाट दैनिक २ सय लिटरसम्म दूध उत्पादन हुन्छ । फार्म निर्माण र गाईभैसी खरिदमा ५ लाख लगानी गरेकोमा अहिले करिब १ करोडको संरचना छ । उहाँले ३ जनालाई रोजगारी समेत दिनुभएको छ । यसैबीच गण्डकी प्रदेशबाट सम्मानित हुने खवरले उत्साहित भएको ढुंगानाले बताउनुभयो । ‘सम्मानलाई मेहनतको फलको रुपमा लिएको छु,’ उहाँले भन्नुभयो ‘पशुपालनको क्षेत्रमा अझै लाग्न सम्मानले उर्जा थपिएको छ ।’उहाँले पशुपालनको क्षेत्रमा लाग्दा जिल्ला, प्रदेश र राष्ट्रियस्तरका सम्मानले थप अगाडी बढ्न आत्मबल मिल्ने बताउनुभयो । गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका ५ जनालाई सम्मान सहित पुरस्कृत गर्दैछ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ११:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP