दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा अधिवेशन बिहीबार सम्पन्न भएको छ । समाजसेवी बीप्रसाद पुनको संयोजनमा आयोजित अधिवेशनले जितबहादुर गर्बुजाको सभापतित्वमा नयाँ वडा समिति गठन गरेको हो ।
नवनिर्वाचित समितिको उपसभापतिमा मेलिना पुर्जा र सचिवमा साजन गर्बुजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा लिला पुन, सन्तोष पाईजा, दिपेश गर्बुजा, मनोज तिलिजा, लोकेन्द्र गर्बुजा र दिपेन शेन्चुरी चयन हुनुभएको छ । अधिवेशनले बीप्रसाद पुनलाई सल्लाहकारमा चयन गरेको रास्वपा जिल्ला सचिव सुनिल शर्माले जानकारी दिनुभयो ।
नयाँ समिति गठनसँगै दग्नाममा पार्टीको संगठन विस्तार गर्ने, स्थानीय जनताका आवाज उठाउने तथा पार्टीका नीति र एजेन्डालाई जनस्तरसम्म पुर्याउने लक्ष्य रहेको नवनिर्वाचित सभापति गर्बुजाले बताउनुभयो ।
रघुगंगा गाउँपालिका सभापति डम्मर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपा गण्डकी प्रदेश सदस्य दीपक श्रेष्ठ, सदस्य तारा कार्की, जिल्ला सभापति युवराज रोकालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जिल्ला कोषाध्यक्ष सुरत बोगटीले गर्नुभएको थियो ।