शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई
हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ४, २०७६
IMG_4372

बेनी ,शनिबार माघ ४ गते ।
जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका– ९ गलेश्वर स्थित गलेश्वर आदर्श आवासीय माविले एक सय ६० अंक प्राप्त गरी उपाधी जित्न सफल भएको हो ।

यसैगरी न्यु वेष्ट प्वाइन्ट आवासीय माविले एक सय २० अंक प्राप्त गरी प्रतियोगिताको द्धितिय स्थान हासिल गर्न सफल भएको छ । महादेव मावि बेगले ८५ अंक प्राप्त गरी तृतिय हुन सफल भएको छ । भने ८० अंक सहित दर्निङ्ग इङ्गलीस आवासीय मावि बाबियाचौरले सान्त्वनामा चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगिताको उपाधी संगै गलेश्वर आदर्श आवासीय मावि सहित द्धितिय ,तृतिय र सान्त्वना विद्यालयहरुले क्रमश ः नगद रु २० हजार, १२ हजार, ७ हजार र ४ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेका छन् ।

कार्यक्रमममा विजेता तथा उपविजेता विद्यालयलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले पुरस्कार वितरण गर्नुभएको हो । पुरस्कार विरतण गर्नुहुँदै मन्त्री पुनले विजेता विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतियोगिता प्रस्फुटन गर्न ,बौद्धिक क्षमता बढाउने, विषयबस्तु बाहिरका समसामहिक विषयमा अधावधिक गराउनुका साथै लोकसेवा आयोग मार्फत निजामति सेवा लगायत अन्य क्षेत्रमा प्रवेश गर्नका लागि जग हुने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले एमविविएस पढ्न चाहने गरिब ,विपन्न तथा दलित विद्यार्थीहरुले गण्डकी प्रदेश सरकारले छात्रवृती प्रदान गर्ने बताउनुभयो ।

उहाँले गत बर्ष गण्डकी प्रदेश सरकारको पहलमा चिनको हाइनान प्रान्तको विश्वविद्यालयमा प्राविधिक शिक्षा अध्ययनका लागि गण्डकी प्रदेशबाट चार जना पठाइएकोमा दुई जना म्याग्दीबाट छनौट भएको जानकारी दिनुभयो । उहाँले यो बर्ष पनि निशुल्क प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले आवेदन दिन आग्रह गर्नुुभयो । मन्त्री पुनले गण्डकी प्रदेश सरकार सडक बालबालिको उद्धार तथा बालमैत्री गण्डकी प्रदेश निर्माणको अभियानमा रहेको बताउनुहुँदै स्थानीय तहले पनि बजेट कार्यक्रम तथा बजेट बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य नवराज शर्मा ,जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा,नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की ,धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगर ,संस्थाकी संस्थापक अध्यक्ष शुसिला शेरचन ,संस्थाका सल्लाहकार प्रोफेसर हुमबहादुुर बरुवाल लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा फाइनल राउण्डमा रेपित ,फ्याक्टर ,सब्जेटवाइस,पासिङ,ननपासिङ ,अडियो ,भिडियो लगायतविदाबाट प्रश्न सोधिएको थियो ।

विजेता सहित सान्त्वनासम्मका विद्यार्थीलाई काठमाण्डौमा उच्च शिक्षा अध्ययनको क्रममा छात्रबृत्ति समेत प्रदान गरिने संस्थाकी अध्यक्ष केशरी शर्माले जानकारी दिनुभयो । जिल्लाव्यापि मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको लागि शुक्रवार बावियाचौर र गलेश्वरमा तीन र तीन स्थानीय तहबाट सहभागि भएका ३४ विद्यालयहरुको प्रतिस्पर्धा मार्फत फाईनलमा १० विद्यालय छनौट गरिएको कार्यक्रम संयोजक मदन सापकोटाले जानकारी दिनुभयो । संस्थाकी अध्यक्ष शर्माको अध्यक्षता,कार्यक्रम संयोजक सापकोटाको स्वागत तथा सरिता थापा र सदस्य सन्दिप निउरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  २०:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP