शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
Uncategorized
  • गृहपृष्ठ
  • हुम्लामा हिमपात : पुसको हिउँ सिला, माघको हिउँ बिला
हुम्लामा हिमपात : पुसको हिउँ सिला, माघको हिउँ बिला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस १३, २०८१
inbound6959811797660242259
हुम्ला । पुराना पुस्ताहरूको भनाइ छ, ‘पुसको हिउँ सिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि पुस महिनामा हिउँ परेपछि हुम्ली किसानहरू खुसी छन् । पुस महिनाबाट हिउँ पर्न थालेपछि मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन् । हिउँबिना हुम्लीको जीवन चल्दैन भन्दा पनि हुन्छ । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुन्छ हुम्लामा हिउँ नआएपछि मंसिर महिनामा छरेको उवा जौं, गहुँ राम्रो नहुने सिमकोट गाउँपालिका-६ की गीता रावत बताउनुहुन्छ । ‘सिँचाइ छैन समयमै हिउँ परेपछि अन्नबाली राम्रो हुन्छ यस वर्ष पुस महिनामै हिउँ परेपछि जमिन चिसो भइरहन्छ’, रावतले भन्नुभयो। पुस महिनामा हिउँ पर्नु  हुम्ली जनताका लागि शुभ सङ्केत भएको बताउँछिन् सिमकोट -६ की रूपसी रोकाया । पहिले ४/५ फिट हिउँ पर्ने गरेको बताउँदै उनले अहिले एकदुई फिट मात्रै हिउँ पर्ने गरेकोले किसानमा चिन्ता थपिएको बताउनुभयो । उहाँका अनुसार पुसमा हिउँ परेपछि मंसिर महिना बारीमा छरेको उवा,जौ,गहुँ राम्रोसँग उम्रिन्छ । जेठ महिनामा पाक्छ । हिउँ ढाल परेपछि बालिनाली राम्रो हुँदैन । ‘पहिला- पहिला प्रत्येक वर्ष ५/७ फिटसम्म हिउँ आउथ्यो । पछिल्ला समय   जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् ’, उहाँले थप्नुभयो । पुस महिनामा हिउँ खेतीपाती मात्रै नभइ जडीबुटीका लागि पनि अत्यावश्यक हुने गरेको स्थानीयहरूको भनाइ छ । तर, भारी हिमपात हुँदा केही दिन जनजीवन भने प्रभावित हुने गरेको छ । हुम्ला सदरमुकाम सिमकोटमा बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । सिमकोटमा एक फिट जति हिउँ जमेको छ ।  हुम्लाको तापक्रम माइनस ७ डिग्री छ । उत्तर हुम्लाको नाम्खा गाउँपालिकाको लिमीका जाङ, हल्जी, तिल, यारी, मुचु, तुम्कोट, याङगार, याल्वाङ, चाला, केर्मी र हेप्कालगायतका बस्तीमा तीन फिटसम्म हिउँ जमेको छ । हिमपातसँगै न्यालु लेखको बाटो बन्द हुदाँ लिमीका स्थानीयवासी सदरमुकाम सिमकोट आउन सकेका छैनन् । अनलाईन खबर
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ११:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP