शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जगन्नाथ मन्दिरमा सुनको सिक्री चोरीको आरोपमा पाँच जना पक्राउ
जगन्नाथ मन्दिरमा सुनको सिक्री चोरीको आरोपमा पाँच जना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १०, २०८३
Jagannath Temple
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा पूजा गर्ने क्रममा एक महिलाको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सोमबार मन्दिरमा पूजा गर्न पुगेकी स्थानीय ५९ वर्षीया भद्रकुमारी कार्कीको घाँटीमा लगाएको करिब ३५५ लालको सुनको सिक्री हराएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ पर्नेमा बारा, बारागढी गाउँपालिका–३ खोपवाका १९ वर्षीय आकाश राय तथा पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका १९ वर्षीय लालबाबु राय, २६ वर्षीय प्रमोदकुमार राय र २४ वर्षीय सुनीलकुमार राय तथा एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकामध्ये केही व्यक्तिविरुद्ध यसअघि अन्य जिल्लामा समेत चोरीसम्बन्धी मुद्दा चलेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र चोरी भएको सुनको सिक्री तथा घटनामा संलग्न अन्य व्यक्तिबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाजनेमा रहेको करिब ५०० वर्ष पुरानो ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वको जगन्नाथ मन्दिरमा सोमबार भव्य रथयात्रा निकालिएको थियो । याहाँ हरेक वर्ष श्रावण शुक्ल पक्ष द्वादशीका अवसरमा आयोजना हुने रथयात्रामा पूजाआजा तथा दर्शनका लागि म्याग्दीलगायत विभिन्न जिल्लाबाट आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०८:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP