शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लकडाउनको उपयोग : बेनीका युवाले निकाले हावाबाट बिजुली (भिडियो )
लकडाउनको उपयोग : बेनीका युवाले निकाले हावाबाट बिजुली (भिडियो )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख १७, २०७७
hawabat bijuli -myagdi

म्याग्दी ,बुधबार बैशाख १७ गते । तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदूपयोग गरी हावाबाट बिजुली निकाल्नुभएको छ। जिल्ला सदरमुकाम बेनीको बैंकरोडका तीन दिनको अथक मेहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो ।

‘श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालकसमेत हुनुहुन्छ । सधैं हावा लागिरहने ठाउँ हो, परीक्षणको रुपमा प्रयास गरेको थिएँ, सफल भएँ’, श्रेष्ठले भन्नुभयो ।

उहाँले थप प्रविधिको प्रयोग गरी क्षमता बढाएर बेनीबजारको एउटा क्षेत्रलाई नै पुग्ने गरी विद्युत् निकाल्न सकिने बताउनुभयो । पर्यटकीयस्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उहाँको भनाइ छ । हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उहाँको भनाइ छ ।

https://www.facebook.com/myagdinews/videos/542275889819877/

चार वर्षअघि आफ्नै सीप र प्रविधिको उपयोग गरी कालीगण्डकी नदीबाट टर्बाइनमार्फत २०० किलोवाट विद्युत् उत्पादन गरी बेनी बजारमा प्रयोग गराएका श्रेष्ठले हावाबाट बिजुली निकाल्न आफू सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्न प्रोत्साहन गर्दै आउनुभएको छ । उहाँले बेनीमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन विभिन्न सङ्घसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा पनि सहयोग गर्नुभएको छ ।

साँझको समयमा लभ्लीहिलमा हावाबाट निकालेको बिजुलीले झिलीमिली पार्ने उहाँको सोचाइ छ । यसका साथै लभ्लीहिलमा मोबाइल चार्ज स्टेशन बनाउने उहाँको भनाइ छ ।

तीन दिन लागेर उक्त प्रविधिको विकास गरेको उहाँको भनाइ छ । करिब तीन दशकदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले म्याग्दीका विभिन्न लघुजलविद्युत्सहित जिल्ला बाहिरका परियोजनामा समेत आफ्नो सीपको प्रयोग गर्नुभएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १६:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP