शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक शेयर
दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक शेयर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १९, २०७५
IMG_0498

बेनी मंगलबार चैत १९ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले शेयर आह्वान गरेको पहिलो दिनमै करिब ३ करोड रुपियाँ बराबरको संस्थापक सेयर संकलन भएको छ ।

धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना निर्माण गर्न लागेको हो । सोमबार देखि बेनीको विरेन्द्रचोकमा आयोजनाले सम्पर्क कार्यालय स्थापना गरी संस्थापक सेयर संकलन गर्न थालेको छ ।

कार्यालयको उद्घाटन गर्नुहुँदै कम्पनीका अध्यक्ष विनोद कुँवरले आयोजनामा जिल्लावासीलाई लगानीको अवसर दिन संस्थापक शेयरलाई खुल्ला गरेको बताउनुभयो । ‘पहिलो दिनमा उत्साहजनक रुपमा शेयर खरिदका लागि लगानीकर्ताहरु आउनुभएको छ यसले हामीलाई थप हौसला मिलेको छ ’– उहाँले भन्नुभयो । पहिलो दिन म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले एककरोड रुपियाँ लगानी गर्नुभएको छ ।

यसका साथै पचास जनाले दुइकरोड भन्दा बढीको शेयर खरिद गरेका छन । आयोजनामा न्यूनतम पचास हजार देखि माथि लगानी गर्न सकिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

तिन किस्ता गरी एकवर्ष भित्र सवै लगानीको रकम भुक्तानी गरिसक्नुपर्ने कम्पनीले नीति बनाएको छ । लगानीका लागि एकमहिनाको समयअवधि तोकीएको छ ।

कार्यालय उद्घाटनका अवसरमा गण्डकी प्रदेशका सांसद विनोद केसी,पूर्व सांसद नवराज शर्मा,नेपाली काँग्रेस म्याग्दीका सचिव क्या मिनबहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य,निर्वतमान अध्यक्ष जिवनकुमार विश्वकर्मा लगायत कार्यालय उदघाटनका अवसरमा सहभागि हुनुहुन्थ्यो ।

चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० कोरियाका पूर्व अध्यक्ष तथा म्याग्दी प्रवासी नेपाली संघ ९मोना०का पूर्व बरिष्ठ उपाध्यक्ष कुँवरको नेतृत्वमा बन्न लागेको आयोजनामा कोरीया, जापान, अमेरीका, हङकङ, बेलायत लगायत देशमा रहेका प्रवासी म्याग्देलीको लगानी छ ।

पूर्वाधार निर्माणको पूर्व तयारीमा रहेको आयोजनाले आगामी जेठ देखि सुरुङ, पहुँचमार्ग, बाँध र विद्युतगृह निर्माणको काम सुरु गर्ने तयारी गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । दरवाङ, देविस्थान, ताकम र बिमको सिमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र बालौटेमा विद्युतगृह रहनेछ ।


प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  ०७:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP