शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी
मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १७, २०७६
IMG_9041

सुरेन गुरुङ
घोरेपानी , शुक्रबार असोज १७ गते ।

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यसमितिका पदाधिकारीहरुले निर्वाचन संयोजक सुदर्शनकुमार श्रेष्ठबाट सपथ लिएका हुन् ।

साथै रिक्त रहेको पद मध्ये मोनाको प्रवक्तामा ईन्जिनियर नन्द गर्बुजा मगर मनोनित हुनुभएको छ । मोनाको पुर्व मध्यपुर्व संयोजक रहनुभएका ईन्जिनियर गर्बुजालाई अध्यक्ष जुग्जाली मगरले विहिबार प्रवक्तामा मनोनित गर्नुभएको हो । मोनाको तेस्रो महाधिवेशन तथा पाँचौ बार्षिक साधारणसभामा १४ देशका ५७ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष जुग्जाली सहित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा ,उपाध्यक्षमा अमर छन्त्याल, सुर्य भट्टचन , राम खड्का ,महिला उपाध्यक्षमा पुर्णिमा पाइजा (आशा ) , महासचिवमा विक्रम कार्की ,सचिवमा रमेश पौडेल र हरि राम्जाली ,कोषाध्यक्षमा मुक्ती रोका , सहकोषाध्यक्षमा महेन्द्र खड्का , महिला संयोजकमा नन्दकली थापा मगर (अनुशा ),सहसंयोजकमा विष्णु बानियाँ ,एसिया प्यासिफिक संयोजकमा महेन्द्र बानियाँ ,युरोप संयोजकमा निरोज कार्की ,सहसंयोजकमा नैना तिलिजा चयन हुनुभएको थियो ।

रिक्त अन्य पदमा कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने बताइएको छ । नयाँ कार्यसमितिका अध्यक्ष जुग्जाली मगरले अध्यक्षमा चयन गरेकोमा सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नुहुँदै प्रवासमा रहेका म्याग्देलीहरुको हकहित र अधिकारको पक्षमा काम गर्ने बताउनुभयो । मोनाको अन्य देशमा सांगठनिक विस्तारलाई तिब्रता दिइने प्रतिबद्धता व्यक्त गुर्नभयो । जिल्लाको आर्थिक ,सामाजिक ,शैक्षिक ,स्वास्थ्य तथा मानविय सेवाको कामलाई निरन्तरता दिने र प्रवासमा पसिनाबाट कमाएको पुँजी जिल्लाको विकासमा लगानी भित्र्याउन पहल गर्ने बताउनुभयो ।

‘मलाई अध्यक्षमा चयन गर्नुभएकोमा सबै प्रति हार्दिक आभार प्रकट व्यक्त गर्दछु । प्रवासी म्याग्दी वासीहरुको हकहित र अधिकारको पक्षमा काम गर्नेछु’ उहाँले भन्नुभयो । ‘सबैको सल्लाह र सहकार्यमा जिल्लाको आर्थिक ,सामाजिक ,स्वास्थ्य ,शिक्षा तथा मानविय सेवामा केन्द्रीत भएर लाग्नेछु । ’साथै महिला तथा बालबालिका अक्षयकोषलाई बृद्धि गर्ने उहाँको भनाइ छ । निवर्तमान अध्यक्ष चक्रबहादुर थापा र अध्यक्ष जुग्जाली मगरले नौ बुदे घोरेपानी घोषणापत्र जारी गर्दै तेस्रो महाधिवेशन तथा पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पर्यटकीय स्थलमा भौतिक विकास निर्माणमा लगानीलाई विस्तार गर्ने ,नेपाल सरकारको पर्यटन बर्ष २०२० लाई सफल बनाउन जिल्ला भ्रमण तथा जिल्ला भ्रमणका लागि पहल गर्ने , जिल्लामा परोपकारी काम जिल्ला स्थि बेनीमा रहेको मोनाको कार्यालयबाट एकद्धार पर्णालीमा लैजाने ,संगठन विस्तार गर्ने ,म्याग्दीका कलाकारहरुलाई प्रोत्साहन गरी जिल्लाको कला संस्कृती संरक्षणलाई जोड दिइने ,जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि विभिन्न खेलको आयोजना गर्ने ,जलविद्युतमा लगानी गर्न आग्रह गर्ने ,व्यवसायीक तथा दिको विकासलाई जोड दिइने लगायत घोषणापत्रमा समावेश गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  ११:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP