शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पश्चिम नेपाल सहकारीको १६औं साधारणसभा
पश्चिम नेपाल सहकारीको १६औं साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज ८, २०८०
IMG_5204
म्याग्दी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा शनिवार दरबाङमा सम्पन्न भएको छ । संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा शेयर पुँजी कुल १२ करोड ९५ लाख १८ हजार दुईसय रुपैयाँ पु¥याएको छ ।यसैगरी सोही आवमा निक्षेप सङ्कलनतर्फ ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ रहेको छ भने ७४ करोड चारलाख ७६ हजार छ सय ८६ रुपैयाँ लगानी र आम्दानीतर्फ एक करोड ५९ लाख ५६ हजार आठसय २३ रुपैयाँ रहेको संस्थाले जनाएको छ । गएको आवसम्म सहकारीमा कुल ६ हजार १ सय २२ जना शेयर सदस्यहरु रहेको दरबाङ सेवा केन्द्रका कार्यालय प्रमुख रेकबहादुर पुनले जानकारी दिनुभयो । साधारणसभाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारी संघसंस्थाले बचत तथा ऋणको कारोबारसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय आर्थिक सङ्कटका कारणले त्यसको असर सबै क्षेत्रमा परेकाले व्यापार, व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै अब सहकारी संस्थाहरुले उत्पादनमा लगानी वृद्धि गरेर त्यसको प्रतिफल आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले सहकारी ऐन बनाएकाले यसले सहकारीको सुरक्षामा सहयोग पुग्ने उहाँको भनाइ छ । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीमप्रसाद गौतमले आगामी दिनमा यस सहकारी संस्थाको क्षेत्रलाई अझ फराकिलो बनाएर अगाडि बढाउनका लागि म्याग्दी जिल्लाभन्दा बाहिर पनि कार्यक्षेत्र विस्तार गरिने बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकारद्वय मोतिराज उपाध्याय, सन्तनाथ सुवेदी र जनप्रिय माध्यमिक विद्यालय दरबाङका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा संस्थाको दरबाङ सेवा केन्द्रका कार्यालय प्रमुख रेकबहादुर पुनले प्रगति र आर्थिक विभाग प्रमुख मेघराज शर्माले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सहकारीको दरबाङ सेवा केन्द्रका संयोजक लेकबहादुर पुनको अध्यक्षता, सञ्चालक समिति सदस्य कमलनाथ शर्माको स्वागत र कार्यालय प्रमुख पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP