शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत
उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १०, २०८०
samman-photo
बेनी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच–पाँच हजारसहित पुरस्कृत गरेको हो ।सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत नौ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका लागि छनोट भएका १२ उद्यमीको नाम सार्वजनिक गरिएको थियो । उनीहरुले उपकरण खरिदमा कूल लागतको ५० प्रतिशत अनुदान पाउने कार्यालयले जनाएको छ । बेनी नगरपालिका–३,भकिम्ली डाँडाखानीका श्रीसले वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक रुपमा बोयर जातको बाख्राको स्रोत केन्द्र सञ्चालन गर्नुभएको छ । बेनी–४, की घलेले बेनीको गणेश टोलमा बुटिक सेन्टर सञ्चालन गर्नुभएको छ । कराँते, भलिबलको रेफ्रि तथा खेलाडीसमेत रहेकी घलेले विद्यालयका छात्रालाई आत्मरक्षा तालिम र खानाको परिकार बनाउने तालिम पनि दिनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरीक्षक मदन कुँवर, जिल्ला समन्वय अधिकारी राजेन्द्र पोख्रेल, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्मालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बेनी नगर प्रमुख केसीले चालु आवदेखि पशुपालक कृषकलाई उत्पादनका आधारमा अनुदान दिने तयारी गरेको जानकारी दिँदै विभिन्न निकायले अनुदानमा नगरवासीलाई वितरण गरेका उपकरण, औजार र सामग्रीको प्रयोगको अवस्थाका विषयमा अध्ययन थालिएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख थापाले उद्योग दिवस मनाउने बजेट प्राप्त नभए पनि अन्य स्रोतमार्फत उद्यमीलाई प्रोत्साहन गरेर पुरस्कृत गरिएको बताउनुभयो । प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत बेनी–८, को सिर्जना मः म रेष्टुरेन्ट एण्ड होटल, मालिका–७,को विषम कृषि तथा पशुपक्षी फार्म, मालिका–३,को विशाल टेलरिङ सेन्टर, बेनपा–७, को समतारा फर्निचर उद्योग, बेनपा–६,को विनय फर्निचर उद्योग, बेनपा–५, को संस्कार एण्ड एसीका कुखुरापालन फार्म, बेनपा–८, को मगर टेलरिङ सेन्टर, बेनपा–८,को रेनु टेलरिङ सेन्टर, बेनपा–८, को अस्मिता टेलरिङ सेन्टर, बेनपा-७,को रोशन टेलरिङ र अर्विन टेलरिङ सेन्टर अनुदानका लागि छनोट गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP