शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेकपा एमाले म्याग्दीले पुष्पलालको ४६ औ स्मृति दिवस मनायो
नेकपा एमाले म्याग्दीले पुष्पलालको ४६ औ स्मृति दिवस मनायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ७, २०८१
a960055c-de11-4d49-ab86-513416148666
बेनी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय बेनीमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार गोष्टीको आयोजना गरि स्मृति दिवस मनाएको हो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्दर्भिक हुँदैगएको र उहाँको विचारकै कारण अहिले काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनुभएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले तानाशाही शासन व्यवस्थाका विरुद्ध प्रजातान्त्रिक र कम्युनिष्ट शक्तिलाई एकआपसमा मिलाएर उहाँले आन्दोलनको सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभयो । गोष्ठीमा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र जिल्ला अध्यक्ष बालकृष्ण सु्वेदीले नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको योगदानका चर्चा गर्नुभएको थियो ।नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा भएको हो । १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्” भन्ने दाजुको भनाइले पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बनेको थियो । उच्च शिक्षा हासिल गर्नका लागि पुष्पलाल भारत गएपछि त्यहाँ अध्ययनका क्रममा उनी भारतीय स्वतन्त्रता संग्राम र कम्युनिष्ट आन्दोलनसँग प्रभावित भएर भारतीय कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न हुँदै उनले मार्क्सवादी (लेनिनवादी विचारधारामा प्रशिक्षण पाएका हुन् ।भारतमा अध्ययन पूरा गरी नेपाल फर्किएपछि पुष्पलालले नेपाली समाजमा साम्यवादी विचारधारा फैलाउने अभियान थाले । उनी नेपाली समाजका विभिन्न वर्ग, विशेषगरी श्रमिक र किसानलाई संगठित गर्न लागिपरे । २००७ सालमा, पुष्पलाल र उनका सहकर्मीहरूले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। यो पार्टी नेपालमा पहिलो कम्युनिष्ट पार्टी थियो, जसले श्रमिक वर्गको हक अधिकारका लागि संघर्ष गर्ने उद्देश्य राखेको थियो। पुष्पलालले आफ्नो जीवनकालमा धेरै पटक सरकारले उत्पीडन गर्‍यो । उनले विभिन्न समयमा जेल जीवन बिताउनुपर्‍यो । तर, तिनले कहिल्यै पनि आफ्नो विचारधारा र आन्दोलनप्रति सम्झौता गरेनन् । उनले निरन्तर जनताको पक्षमा आवाज उठाए र संघर्ष गरिरहे। उनका नेतृत्वमा पार्टीले ग्रामीण क्षेत्रमा किसान र श्रमिक वर्गलाई संगठित गरी विभिन्न आन्दोलन सञ्चालन गर्‍यो। २०३५ सालमा पुष्पलाल श्रेष्ठको निधन भयो। उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुर्‍यायो। तर, उनका विचार र योगदानले नेपाली समाजमा गहिरो प्रभाव पारेका छन् । उनले नेपालको राजनीतिक चेतनामा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिक इतिहासका एक महत्त्वपूर्ण नेता थिए । उनले नेपालमा साम्यवादको बीजारोपण गरे र श्रमिक वर्गको हक अधिकारका लागि निरन्तर संघर्ष गरे। उनका विचार र योगदानले नेपाली समाजमा नयाँ दिशा र प्रेरणा दिएका छन्। कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीको अध्यक्षता, पार्टी सचिव थमसरा पुनको संचालन र स्वागत पार्टी कार्यालय सचिव हरिकृष्ण सुबेदीले गर्नुभएको थियो ।  
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP