शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि
गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर १, २०८१
Messenger_creation_BF0FA959-646E-4CBB-9068-78AEE1299A02
गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो । यसअघि गौचनको पार्थिव शरीरमा नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाले पार्टीको झन्डा ओढाएर शनिबार श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । गौचनप्रति श्रद्धाञ्जलीका लागि मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदश सभा सदस्य हरिबहादुर भण्डारी,गण्डकी प्रदेश सभा सदस्य(प्रदेश सभा क्षेत्र क,पर्वत) का भक्त कुँबर,म्याग्दीका राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरूको उपस्थिति थियो । मुस्ताङको कोबाङमा २०१८ असार १८ गते जन्मिनुभएका गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । उहाँ नेपाली कांग्रेसका तर्फबाट २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश सभा अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो । गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । गौचनको आज नै काली गण्डकीको दोभानमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ । शवयात्रा पछि कालिगण्डकी घाटमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न संविधानसभा सदस्य नरदेवी पुन,रेशमबहादुर बानियाँ,प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा,गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, हरिबहादुर भण्डारी,भक्त कुँबर,जिसस प्रमुख राजकुमार थापा,प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् सुरक्षाकर्मी लगायत उपस्थिति हुनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २१:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP