शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • धवलागिरीको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई
धवलागिरीको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर ४, २०८१
inbound2206148531587261453
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि धनजनता मावि फलियागाउँले जितेको छ । ताकममा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधि जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र तीन रजत पदक सहित उपबिजेता भएको छ । चार÷चार स्वर्ण, कास्य र रजत पदक जितेको ताकम मावि तेस्रो भएको धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले जानकारी दिनुभयो । धनजनताले यसअघि २०७५ र २०७६ मा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका २८ वटा खेल खेलाइएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ६० हजार, ४० हजार र ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । पालिका स्तरीय प्रतियोगितामा बिजयी र छनौट भएका खेलाडीहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने ब्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा जनकल्याण माविले दुई÷दुई वटा स्वर्ण, कास्य र रजत, लमसुङ माविले एक स्वर्ण, दुई कास्य र दुई रजत, वुद्धिविकास माविले चार स्वर्ण र एक रजत, चन्द्रज्योति माविले एक कास्य र चार रजत, जनजागृति माविले एक स्वर्ण र दुई कास्य, किसानी चन्द्रकुन्ता माविले एक स्वर्ण, दुई कास्य र आठ रजत पदक जितेको छ । गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुने प्रत्येक विद्यालयलाई खाना तथा आवासका लागि अधिकतम ५० हजार रुपियाँ सम्म उपलब्ध गराउने निर्णय गरेको थियो । विजेता विद्यालयलाई पुरस्कार वितरण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP