शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
बेनी नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर ६, २०८१
inbound113120251805929161
म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । बेनी नगरपालिका ७ स्थित खुल्ला मञ्चमा सुरु भएको प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभयो ।   कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गर्वुजा, प्रदेश सभा सदस्य रेशम जुग्जाली (सुविन), बेनी नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा प्रतियोगिता संचालन उपसमितिका संयोजक चक्र केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले विद्यालय स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन हुनुका साथै जिल्लामा खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रतियोगिता उद्घाटनको अवसरमा गरिएको मार्चपासमा प्रकाश मावि प्रथम, न्यु वेष्ट पोइन्ट आवासिय मावि द्वित्तिय र बालमन्दिर मावि कालीपुलले तृतिय स्थान हासिल गरेका छन ।  तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस सहित बेनी नगरपालिकाका २६ वटा विद्यालय सहभागि भएका छन् । भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्टतर्फ गरि ३३ वटा खेलमा प्रतिस्पर्धा हुने बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल प्रसाद ढकालले जानकारी दिनुभयो । प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र सहित क्रमश रु. ५१ हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बेनी नगरपालिकाका प्रमुख सुरत केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत ढकालले गर्नुभएको थियो । यसैविच उद्घाटन पश्चात आयोजित १५ सय मिटर दौडमा छात्रतर्फ प्रकाश माविका ईश्वर न्यौपाने प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय माविका सुजन राना मगर द्वितिय र जामुनाखर्क माविका मन्दिप विकले तृतिय स्थान हासिल गरेका छन । ‎ त्यस्तै छात्रातर्फ राष्ट्रिय माविकी अञ्जली खत्री प्रथम, बेनी सामुदायिक माविकी खिममाया घर्ति मगर द्वितिय र अर्जुन माविकी रोशनी सार्कीले तृतिय स्थान हासल गर्न सफल भएका छन । विजेता खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य खम्विर गर्वुजा, प्रदेश सभा सदस्य रेशम जुग्जाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।‌‎
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  २१:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP