शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जगमगाउँदो ब्याटिङमा जनकपुरको दोस्रो जित
जगमगाउँदो ब्याटिङमा जनकपुरको दोस्रो जित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १७, २०८१
inbound2173064100501912611
काठमाडौँ —अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्‍यो । जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्‍यो । जनकपुरको यो लगातार दोस्रो जित हो । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । कर्णालीले पहिलो खेलमा हार व्यहोरेको हो । पावर प्लेको ६ ओभरमा ५५ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा ८५ रन जोडेर विजयको मजबुत आधार तयार पारेको थियो । आसिफ र अनिलले पहिलो विकेटमा ८४ रन जोद्नुभयो । आसिफ १० औं ओभरमा २९ बलमा ३६ रन बनाई आउट हुनुभयो । आफ्नो पहिलो ओभर लिएर आएका मौसम ढकालले उहाँलाई लङ अनमा क्याच आउट गराउनुभएको थियो। अनिलले अविजित ६२ रन बनाउनुभयो। उहाँले ४२ बल खेली ६ चौका र ३ छक्का प्रहार गर्नुभयो। अनिलले जिसन मक्सदुलाई स्ट्रेट छक्का प्रहार गरी ३५ बलमा आफ्नो अर्धशतक पूरा गर्नुभएको थियो । लाहिरु मिलान्थाले १३ बल खेली समान २ चौका र छक्का प्रहार गरी २४ रन बनाउनुभयो । उहाँलाई मक्सुदले एलबीडब्लु आउट गर्नुभयो। जिम्मी निशम ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा अविजित रहनुभयो । यसअघि भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले ७ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो । अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोडेपछि कर्णालीको स्कोर हेर्न लायक बनेको थियो । १९ औं ओभरमा हर्ष ठाकेरलाई २ छक्का र २ चौका प्रहार गरेका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट हुनुभयो। उहाँले २२ बल खेल्नुभएको थियो । अन्तिम ओभरमा २१ रन प्रहार गरेका सोमपाल १३ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रनमा अविजित हुनुभयो। देव खनाल र धवन ओपनिङ जोडीको रुपमा आउनुभएको थियो। देवलाई १ रनमा ललित राजवंशीले बोल्ड गर्नुभयो। धवनले ३ चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाउनुभयो । क्यानेडियन खेलाडी ठाकेरले धवनको अफ स्टम्प उडाइदिनुभयो । मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई ८ र बाबर हायतलाई १२ रनमा आउट गराउनुभयो । २५ बल खेलेका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सक्नुभएन । हायत अघि न्युल्यिान्डका अलराउन्डर जिम्मी निशमले जेशन मक्सुदलाई शून्य रनमा बोल्ड गर्नुभएको थियो । गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले २७ बल खेली १ चौका र ३ छक्का प्रहार गर्नुभयो । मोहसिनले ४ ओभरमा १४ रनमात्र खर्चेर २ विकेट लिनुभयो। ललितले ४ ओभरमा १६, किशोर महतोले ४ ओभरमा २८ र ठाकेरले ४ ओभरमा ४५ रन खर्चेर १–१ विकेट लिनुभयो। कान्तिपुर
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP