शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा
दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर २०, २०८१
inbound283213683124467950
बेनी। म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ । मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा संचालन हुने म्याग्दी जिल्ला स्तरीय अन्तर मा.वि. छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगितामा ६२ टिमको सहभागिता रहने भएको छ । बिहिबार मंगला मा.वि. बाबियाचौरमा आयोजित पत्रकार सम्मेलन तथा टेक्नीकल मिटिङमा छात्रतर्फ २०, छात्रा १३, पुरुष शिक्षक २० र महिला शिक्षकतर्फ ९ गरि ६२ टिमको सहभागिता रहने जानकारी गराईएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलको नर्सरी नै विद्यालय भएकाले विद्यालय स्तरीय खेलको गत वर्षदेखि संचालन गरिएको बताउनुभयो । जिल्लाका प्रत्येक पालिकामा खेल संचालन गर्ने योजना अनुसार यो दोस्रो म्याग्दी भलिबल कप मंगला गाउँपालिकाको बाबियाचौरमा आयोजना गर्न लागिएको अध्यक्ष बानियाँले बताउनुभयो । मंगला मावि र डर्निङ वोर्डिङको प्राङ्गणमा खेल संचालन गरिनेछ । प्रतियोगिताको खेल तालिका पनि गोलाप्रर्थाद्वारा तयार गरिएको छ । उद्घाटनका दिनमा सहभागि विद्यालयकोतर्फबाट मार्चपास समेत गरिने अध्यक्ष बानियाँले बताउनुभयो । प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः५० हजार र २५ हजार सहित रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक पुरुष तथा महिलातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः२५ हजार र १३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गौमति खत्री विकास कोष रहेको छ भने प्राविधिक संयोजन मंगला भलिबल संघले गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचलाई पनि पुरस्कृत गरिनेछ । पत्रकार सम्मेलन म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता र मंगला भलिबल संघका सल्लाहकार श्रीराम पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरु,मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसी लगायत सहभागि विद्यालयका शिक्षक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २०:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP