शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दरबाङ म्याग्दीखोला दुईबर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता
दरबाङ म्याग्दीखोला दुईबर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर २३, २०८१
inbound7637247968485474198
दरबाङ।  पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ । शुक्रबार दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई कार्यक्रममा आगामी बैशाख महिनाभित्र सुरूङ थिचोल्दै ब्रेक थ्रु गर्ने गरी सिभिलतर्फको काम दुई सिफ्टमा गर्ने गरी जनशक्ती ब्यवस्थापन गरिएको बताइएको थियो । सार्वजनिक सुनुवाईको उद्घाटन गदैं गण्डकी प्रदेश पूर्व भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समुदायलाई फाइदा हुने गरी समयमै आयोजनाको काम सम्पन्न गर्न अनुरोध गर्नुभयो । सोही अवसरमा बिशिष्ट अतिथि मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको समस्यालाई समेत समाधान गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार, समुदायस्तरबाट सहयोग भइरहेको अवस्थामा सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमहरु शिक्षा, स्वास्थ्य तथा समुदायस्तरका आवश्यकतामा केन्द्रित हुनुपर्ने बताउनुभयो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका–१ निस्कोटका वडा अध्यक्ष टंकबहादुर पुन, मालिका–६ का पथबहादुर रोका र वडा नं ७ का टक बहादुर पुनले प्रभावित क्षेत्रमा देखिएका समस्याहरूलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो । सुरुङमा विष्फोट गर्दा आसपासमा हुने असर, खानेपानीको मुहान सुक्न सक्ने अवस्थलाई ध्यान दिन स्थानीय समुदायले आयोजना पक्षको ध्यानार्कषण गराएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले तोकिएको समयमा आयोजना सम्पन्न हुदाँ लगानीकर्तालाई फाइदा हुने बताउनुभयो । प्रतिमेगावाट १७ करोड लागतमा सम्पन्न गर्ने प्राविधिक मुल्याङ्कन निकै सस्तो र लगानीकर्तालाई समेत सहज हुने अन्य बक्ताहरूको भनाई थियो । सार्वजनिक सुनुवाईमा बोल्ने प्रभावित क्षेत्रका बासिन्दाले समुदायलाई क्षती नहुने गरी आयोजना अगाडी बढाउन कुनै अवरोध नहुने बताएका थिए । सार्वजनिक सुनुवाईमा परामर्शदाता संस्था इन्भारोमेन्ट पार्टनर्स प्रालिका प्रमुख शंकर बस्यालले आयोजनाको सम्रग अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरले मजदुर, उपकरण र निर्माण सामग्रीको कुनै समस्या नहुने गरी अबको दुई बर्षमा परीक्षण उत्पादन गर्ने बताउनुभयो । सोही अवसरमा आयोजनाका कारण हुने समस्यातर्फ ध्यान दिएर अगाडी बढ्ने बताउनुभयो । सार्वजनिक सुनुवाईमा आयोजनाका प्रबन्ध निर्देशक हर्कमान मगर, सञ्चालक समिति सदस्य चित्रबहादुर पुनले आयोजना क्षेत्रमा हाल भइरहेको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको मालिका–५ देवीस्थान,७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७, विमदेखि रघुगङ्गा गाउँपालिका–३, राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०८:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP