शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माघे संक्रान्तिमा आठौं म्याग्दी महोत्सव हुने
माघे संक्रान्तिमा आठौं म्याग्दी महोत्सव हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर २३, २०८१
inbound5870389826097065860
बेनी। म्याग्दीको सदरमुकाम बेनीमा आगामी पुष २८ गतेदेखि आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ । उद्योग वाणिज्य संघ म्याग्दीले आइतबार बेनीमा पत्रकार सम्मलेनको आयोजना गरेर पुस २८ देखि माघ ८ गतेसम्म १० दिन महोत्सव गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ हुने जानकारी गराइएको थियो । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापार प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको म्याग्दी महोत्सवका मुल संयोजक एवम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो। महोत्सवमा खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, पुख्र्यौली नाच प्रतियोगिता, म्याग्दी आइडल एकल लोकनृत्य प्रतियोगिता, जातजाति, जनजातिको झाँकी प्रतियोगितासमेत रहेको छ । त्यस्तै महिला पुरुष छेलो हान्ने प्रतियोगिता, महिला पुरुष लाठो तान्ने प्रतियोगिता पनि महोत्सवको अवारमा हुने म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण घर्ती क्षत्रीले बताउनुभयो। महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो। महोत्सवको समयमा म्याग्दी क्षेत्र भित्र १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । महोत्सव सफल बनाउन ३७ वटा उपसमिति समेत गठन गरिएको छ । महोत्सवमा २१० वटा व्यवसायिक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि प्रत्येक ३÷३ वर्षमा संघले महोत्सव गर्दैै आएको छ । महोत्सवलाई सफल बनाउन संघ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तह लगायतको सहकार्य गरिने छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP