शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबलको उपाधि बेनी नगरपालिकालाई
प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबलको उपाधि बेनी नगरपालिकालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर ३०, २०८१
beni team
पोखरा । पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शनिबार सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ६७–५५ अङ्कले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो र दोस्रो क्वाटरमा पछि परेको बेनी नगरपालिकाले उत्कृष्ट पूनरागमन गर्दै उपाधि जितेको हो । पहिलो क्वाटरमा १४–२१, दोस्रो क्वाटरमा २६–३७ तेस्रो क्वाटरमा ४५–४९ ले पछि परेको बेनीले चौथो क्वाटरमा ४९–४९ को बराबरी ग¥यो । पहिलो क्वाटरमा ७, दोसो क्वाटरमा ११ र तेस्रो क्वाटरमा ४ अङ्कले पछि परेको बेनीले चौथो क्वाटरमा उत्कृष्ट पूनरामगन गर्दै ६७–५५ ले खेल जितेको हो । गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको  पुरुष तर्फको विजेता बेनी नगरपालिकाले नगद  १ लाख १५ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै प्रतियोगितामा उपविजेता भएको पर्वतको जलजला गाउँपालिले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमापत्र प्राप्त ग¥यो । प्रतियोगितामा तेस्रो भएको पोखरा महानगरपालिकाले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर बेनीका ओमकार रकाल, बेस्ट अफेन्सीप प्लेयर  जलजलाका उत्तम पुन र एमभिपी प्लेयर बेनीका दिप्पस केसी भए । उनीहले जनही १५–१५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पर्वतका मोदी गाउँपालिका अनुशासित टिम घोषित हुँदै नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । यस्तै महिलातर्फ भएको ३*३ को उपाधि भने काठमाडौंको गाण्ड स्र्पोटस टिमले जितेको छ । आयोजक अन्नपूर्ण गाउँपालिका बास्केटबल संघलाई १४–८ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । यस्तै महिलातर्फको विजेता ग्राण्डले ३० र उपविजेता अन्नपूर्णले १५ हजार रुपैयाँसहित शिल्ड,मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर अन्नपूर्णका कुशुम गुरुङ र एमभिपी प्लेयर छिरिङ चोक्का शेर्पा र एमभिपी प्लेयर ग्राण्ड रिङजिन मोक्तान भए उनीहरुले जनही १५÷१५ सय पुरस्कार प्राप्त गरे । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा  पोखरा रंगशाामा मंसिर २५ देखी २९ गतेसम्म प्रथम अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०७:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP