शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • पर्वतको वाँसखर्कमा सुन्तला महोत्सव हुँदै
पर्वतको वाँसखर्कमा सुन्तला महोत्सव हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस १७, २०८१
inbound7483133186032981229
पर्वत । स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ। बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको लागि एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले धेरै वर्ष पहिलेदेखि नै बाँसखर्कका कृषकहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएको बताए। स्वाद र गुणस्तरका हिसाबले प्रदेशमा नै उत्कृष्ट मानिएको सुन्तला बाँसखर्कको नै भएकोले पनि बाँसखर्कका कृषकहरूले सुन्तला खेतीबाटै आर्थिक स्तर बलियो बनाएको उहाँले बताउनुभयो। बगैँचामा फलेको सबै सुन्तलाले राम्रो बजार पाएको बेलामा पनि सडक समस्याका कारण कृषकहरूले खुलेर सुन्तला खेती गर्न नपाएको अवस्थालाई बाहिर ल्याउनको लागि र धेरै व्यक्तिहरूले बगैँचामा नै पुगेर बाँसखर्कका सुन्तलाका स्वाद लिन सकुन् भनेर एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो। ‘एक दिन मात्रै भए पनि पुसको २६ वा २७ मा महोत्सव लगाउँदै छौँ। यहाँका जनताले जग्गा पाएसम्म सुन्तला लगाउँछन्। तर बाटोका कारण निर्यातमा समस्या हुँदा खुलेर सुन्तला लगाउन सकिएको छैन’, उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशभरका सकेसम्म धेरै मिडियाहरूलाई बोलाएर यहाँका सडक र सुन्तलाका बगैँचा देखाउने र स्वाद चखाउने हो भने यहाँका वास्तविकताहरू बाहिर आउँछन्।’ गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको भन्दै अध्यक्ष आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डीङ गरेर बाहिर निर्यात गर्ने योजना बनाउनको लागि महोत्सव महत्त्वपूर्ण हुने बताउनुभयो। स्थानीय ज्योतिमण्डल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा व्यावसायिक सुन्तला कृषक मेखबहादुर खत्रीले सुन्तला अझै धेरै उत्पादन गर्न सक्ने क्षमता भए पनि सडकको अवस्थाकै कारण कृषकहरू निराश हुनुपरेको बताए। गत वर्षको भन्दा यस वर्ष सुन्तला झनै धेरै फलेको र गाउँका करिब दुई सय घरले सुन्तला खेती गरेका उहाँको भनाइ छ। बाँसखर्कको सुन्तला सबैको रोजाइमा परेको भए पनि सुन्तला बोक्न जाने सवारीहरू गुड्नै नसक्ने अवस्थाको बाटो बनाउन सरकारको रोजाइ नपर्दा दुःख लागेको खत्री बताउनुहुन्छ। बाँसखर्कको सुन्तला कुश्मा, बागलुङ, बेनी, पोखरा, नारायणगढ, काठमाडौँ लगायतका ठाउँहरूमा निर्यात हुने गरेको भए पनि सडक सास्तीले गन्तव्यमा पुग्नेबेलासम्म थिचिने र ठोक्किने समस्याले क्षति हुने गरेको उहाँको भनाइ छ। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बाँसखर्कको सुन्तला सबैभन्दा ढिला समयसम्म पनि बिक्री गर्न सकिने भएकाले पनि राम्रो मूल्य पाउने गरेको बताउनुभयो। भौगोलिक अवस्था र वातावरण नै सुन्तलामैत्री भएकोले बाँसखर्कको सुन्तलालाई ढिलोसम्म बिना प्रतिस्पर्धा बेच्न सकिने अवस्था छ। बाँसखर्कको सुन्तलाले बोलेको मूल्य पाउने गरेको भए पनि सडकको समस्याकै कारण पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ। ‘एउटै कृषकले २०/२५ लाखको सुन्तला फलाउने यस्तो ठाउँमा सहजै गाडी आउँदैन। जसोतसो आएकाहरूले उफार्दा सुन्तला नै टुटफुट हुन्छ, ढुवानी खर्च बढी लाग्छ। सररर जाने बाटोमा जस्तो सहज छैन’, उपाध्यक्ष आचार्यले भने, ‘कृषकलाई आवश्यक पूर्वाधार निर्माण हुनुपर्छ र त्यसका लागि चौतर्फी दबाब पनि चाहिन्छ। धेरै फल्यो भने बजार पठाउन कठिन हुने भनेर कृषकहरूले कम खेती गरेको अवस्था छ।’ नेपालकै उच्च गुणस्तरको सुन्तला पाइने ठाउँलाई चिनाउन, गाउँका अरू सम्भावनाको पहिचान गर्न, बाँसखर्कको सुन्तलालाई विदेश निर्यात गर्न पनि महोत्सव महत्त्वपूर्ण हुने आचार्य बताउँनुहुन्छ। महोत्सवमा आउनेहरूले बगैँचाबाटै सुन्तला किन्न पाउने, दृश्यावलोकन गर्न पाउने छन् भने उक्त दिनमा सुन्तलासम्बन्धी खेलकुद कार्यक्रमहरू आयोजना हुँदै छन्। जलजला गाउँपालिका र वडाको साझेदारीमा आयोजना हुने महोत्सव सफल बनाउनको लागि  मूल समिति र उपसमितिहरू निर्माण गरेर काम तयारी थालिएको छ। थाहा खबर
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २०:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP