शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आठौं म्याग्दी महोत्सवको तयारी तीब्र
आठौं म्याग्दी महोत्सवको तयारी तीब्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस १९, २०८१
inbound3943894991049229683
बेनी । म्याग्दीको बेनीमा यहि पुस २८ देखि माघ ८ गते सम्म आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा मुल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्री वितरणलाई प्राथमिकतामा राखिएको म्याग्दीको उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । स्थानीय उत्पादनका लागि ३० वटा स्टलहरुलाई निशुल्क गरिएको उहाँले बताउनुभयो । यसैगरी जिल्लाका स्थानीय व्यवसायीहरुलाई २० वटा स्टल ३० प्रतिशत छुटमा उपलब्ध गराएको संघले जनाएको छ । जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीलाई विक्री वितरण तथा प्रचार प्रसारका लागि प्रदर्शनीमा राख्न निशुल्क स्टलको व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा वन, कृषि र लघुउद्यम सम्बन्धि स्थानीय उत्पादनका सामाग्रीहरुको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र जिल्लाका छ वटै स्थानीय तहलाई एक÷एक वटा स्थल उपलब्ध गराइएको म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो । महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने १३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टल समेत बुकिङ्ग भैसकेको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । महोत्सवमा विद्यालयहरुको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागि समेत ७ वटा स्टल निशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । विभिन्न व्यापारिक स्टलका लागि नाम टिपाएका ६० जना बढीलाई ठाउँ अभाब भएको र खुलामञ्च नजिकै रमाईलो मेला सञ्चालन हुने क्षेत्रमा समेत थप स्टल बनाउने तयारी गरिएको संघका बरिष्ठ उपाध्यक्ष शाक्यले बताउनुभयो । महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, व्याडमिण्टन लगायतका खेलकुद तथा खुल्ला रत्यौली ,भजन, पुख्र्यौली नाच म्याग्दी आइडल एकल लोकनृत्य लगायतका साँस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ । १० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिईएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । भने स्थानीय जातजातिका मौलिक कला संस्कृति र भेषभूषा सहितको झाँकी प्रस्तुत गरिने छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP