शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीले यो वर्ष ३० कराेडभन्दा धेरैकाे सुन्तला बेच्दै
म्याग्दीले यो वर्ष ३० कराेडभन्दा धेरैकाे सुन्तला बेच्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस १९, २०८१
inbound2852031615588580154
बेनी । ग्रामीण भेगका बस्तीसम्म सडक पहुँच पुगेपछि सुरु भएको व्यावसायिक सुन्तला खेतीका कारण म्याग्दीमा यो वर्ष सुन्तलाबाट मात्रै ३० करोडभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप नरहेका कारण यति आम्दानी हुनसक्ने प्रक्षेपण गरेको हो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख संजिव बास्तोलाले बेनी नगरपालिका ३ र ४ वडाका मरेक, राखु, सुर्केमेला, थामडाँडा र बास्कुनाका करिब एक सय ३० घरले मात्र ५ करोड ५० लाख रुपैयाँ हाराहारी मूल्यका सुन्तला बेच्ने अनुमान सुनाउनुभयो । उहाँले बेनी नगरपालिका-४ सुर्केमेला, बास्कुनाका अगुवा कृषकहरु सन्दीप केसीले २२ लाखमा, डिलबहादुर केसीले १४ लाखमा र तिलक गुरुङले १४ लाखमा सुन्तला बगान एकमुष्ठ बेचेर आम्दानी गरेको पनि बताउनुभयो । कृषि ज्ञान केन्द्रको प्रारम्भिक अभिलेखअनुसार गत वर्ष बेनी-३ मरेकबाट मात्रै ८० लाखको सुन्तला बिक्री भएको थियो । यो वर्ष यहाँबाट वर्ष १ करोड ५० लाखको सुन्ताला बिक्री हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो। ज्ञान केन्द्रका अनुसार गत वर्ष बास्कुना गाउँबाट १ करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष २ करोडमा सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले म्याग्दीमा ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने र सडकले ढुवानी सहज हुन थालेपछि कृषकले सुन्तलालाई व्यावसायीकरण गर्ने प्रयत्न थालेको बताउनुभयो। कान्तिपुर
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १९:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP