शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको १८ औं गाउँसभाबाट संसोधित बजेट पारित (तस्बिरहरु)
रघुगंगा गाउँपालिकाको १८ औं गाउँसभाबाट संसोधित बजेट पारित (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २५, २०८१
FB_IMG_1736431631066
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाले १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन मार्फत चालु आर्थिक वर्षका लागि संसोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न भएको १७ औं गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरु संसोधन सहित पारित भएको हो । बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि चालु तर्फ ३६ करोड ९६ लाख ७ हजार रुपैयाँ र पुँजीगत तर्फ ११ करोड ६९ लाख ३२ हजार रुपैयाँ सहित कुल ४८ करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको संसोधित बजेट पारित गरेको हो । गत असारमा सम्पन्न गाउँसभा मार्फत विनियोजन भएका योजना तथा कार्यक्रमहरु प्राविधिक रुपमा कार्यान्वयन गर्न कठिनाई, परिमार्जन गरी प्रभावकारी बनाउन र कतिपय योजनामा बजेट अभाव हुँदा अधुरो हुने अवस्था भएकाले सिमित स्रोतसाधनहरुबाट प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न सहज होस् भनेर योजना तथा बजेट संसोधन गरिएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो । गाउँसभामा पालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षको पुस २१ गते सम्म भएको भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी ४८ करोड ६५ लाख ३९ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड २४ लाख ९८ हजार ६ सय ३४ रुपैयाँ खर्च भएको सभामा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार चालु तर्फ १२ करोड ३ लाख ६८ हजार ९ सय ५१ र पुँजीगत तर्फ एक करोड २१ लाख २९ हजार ६ सय ८३ रुपैयाँ गरी खर्च भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । यो अवधिमा संघीय सरकारबाट समानिकरण अनुदान तर्फ ३ करोड ९१ लाख रुपियाँ,गण्डकी प्रदेश सरकार समानिकरण अनुदान तर्फ ४७ लाख २८ हजार पाँचसय रुपियाँ,संघीय सरकारको सशर्त अनुदान तर्फको १० करोड ८९ लाख ७२ हजार रुपैयाँ,संघीय सरकार राजश्व बाँडफाँडबाट ३ करोड २८ हजार ६ सय ३० रुपैयाँ गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँट तर्फको २६ लाख २१ हजार एकसय ९३ रुपैयाँ,अन्तरिक स्रोत र गत आवको अल्या सहित ४ करोड ५ लाख ९२ हजार ६ सय ७१ रुपैयाँ गरी जम्मा २२ करोड ६० लाख ४२ हजार ९ सय ९४ रुपैयाँ परिचालन भएको पालिका अध्यक्ष भण्डारीले सभामा जानकारी गराउनुभएको थियो । गाउँसभामा पालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न योजना सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरूलाई अनुरोध गर्नुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूको लागत स्टिमेट तयार गरी धमाधम योजना सम्झौताको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । पालिकाले असारे विकासलाई निरुत्साहित गर्न वैशाख मसान्तभित्रै योजना सम्पन्न गर्ने उद्देश्य सहित बजेट कार्यान्वयनलाई तिव्रता दिइएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP