शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माघ २२ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड बेनी आउने
माघ २२ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड बेनी आउने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ १८, २०८१
photo prachsnda
बेनी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २२ गते बेनीमा आउनुहुने भएको छ ।नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा आउने कार्यक्रम तय भएको जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो । बेथिति, भ्रष्ट्राचार, महंगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा आयोजना गरिएको उहाँले बताउनुभयो । सभाको प्रचारप्रसार र ब्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा खुल्ला सभा हुने भएको छ । प्रचण्ड शान्ति प्रक्रीयामा आएपछि चौथो पटक बेनीमा आउन लाग्नु भएको हो । वि.स. २०७० को संविधानसभाको दोस्रो निर्वाचनको सभालाई सम्बोधन गर्न बेनी आएका प्रचण्ड वि.स. २०७५ कात्तिकमा स्वर्गीय पत्नि सिता दाहाललाई तातोपानी कुण्डमा स्नान गराएर उपचारका लागि आउनुभएको थियो । त्यसबेला चार दिन बेनीमा बस्नुभएको थियो । वि.स. २०७६ मा म्याग्दी महोत्सवको उद्घाटनका लागि प्रचण्ड बेनी आउनुभएको थियो । खबरदारीसभालाई कार्यकर्ताहरुलाई प्रशिक्षित, समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा, सरकारको नेतृत्व गर्दा माओवादीले गरेका कामको प्रचारप्रसारका साथै जिल्लाको विकास निर्माणको विषयमा केन्द्रिय स्तरका नेताहरु मार्फत सरकारको ध्यानाकर्षण गराउने पनि उद्देश्य रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १२:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP