शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका जुग्जाली माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा मनाेनित
म्याग्दीका जुग्जाली माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा मनाेनित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २७, २०८१
resham jugjali
बेनी। नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम बहादुर जुग्जाली (सुविन)लाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकले म्याग्दीका जुग्जाली सहित सात जना वैकल्पिक केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जाली यसअघि माओवादीको प्रदेश कमिटिको सचिवालय सदस्य र म्याग्दी जिल्ला समन्वय समितिको संयोजक रहनुभएको थियो । दुई वर्ष माओवादी केन्द्रको जिल्ला समन्वय समितिको नेतृत्व गरेका जुग्जाली गण्डकी प्रदेश सरकारमा १० महिना भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र दुई महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।गण्डकी प्रदेशबाट म्याग्दीका जुग्जाली सहित तनहुँका मदन आलो, बागलुङका धनबहादुर बिक (हिमाल)लाई वैकल्पिक केन्द्रिय सदस्य र कोशी प्रदेशबाट झापाका वीरेन्द्र बस्नेत केन्द्रिय सदस्यमा मनोनित हुनुभएको माओवादीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा उल्लेख छ । तनहुँका आले यसअघि जिल्ला समन्वय समितिको संयोजक र बागलुङका विक ताराखोला गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । माओवादी केन्द्रले एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने (चितवन), बद्री तिमिल्सिना (चितवन)र खगेन्द्र छन्त्याल (बागलुङ)लाई वैकल्पिक केन्द्रिय सदस्य तथा अरुण पीडित भण्डारी (चितवन)लाई केन्द्रीय आयोग सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १९:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP