शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकालाई
दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २९, २०८१
raghuganga
म्याग्दी। म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ । मङ्गलबार जिल्लाको बेनीमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा विजयी भएको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात स्वर्ण, १० रजत र सात कास्य पदक जितेको बेनी नगरपालिका दृतीय भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यसैगरी पाँच स्वर्ण, सात रजत र आठ कास्य पदक जितेको मालिका गाउँपालिका तेस्रो भएको छ । छ वटा स्थानीय तह स्तरमा यसअघि भएको विद्यालय स्तरीय प्रतियोगितामा बिजयी खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । आगामी फागुन ५ र ६ गते गोरखामा हुन लागेको प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि जिल्ला स्तरमा प्रतियोगिता गरिएको हो । प्रथम, दृतीय र तृतीय हुने स्थानीय तहले २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद सहित राष्ट्रपति रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्र्स बिधाका ३० वटा बिधामा ९० वटा पदकका लागि तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । धवलागिरी गाउँपालिकाले तीन स्वर्ण, चार रजत र पाँच कास्य, मङ्गला गाउँपालिकाले एक स्वर्ण, तीन रजत र दुई कास्य, अन्नपूर्ण गाउँपालिकाले तीन स्वर्ण, एक रजत र चार कास्य पदक जितेका छन् । प्रदेश स्तरीय प्रतियोगिताका लागि भलिवलमा २०, कबड्डीमा २०, मार्शल आर्टका ३६ र एथलेटिक्सका २४ जना खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।          
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP