शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अपर म्याग्दी–१को बाँध निर्माण सुरु
अपर म्याग्दी–१को बाँध निर्माण सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन ७, २०८१
inbound4850503722175908278
बेनी । ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ ,खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । एक कार्यक्रमका बिच बाँध निर्माण कार्यको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सुभारम्भ गर्नुभएको हो । गाउँपालिकाका पुर्व अध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडा अध्यक्ष यामप्रसाद घर्तिमगर लगायत जनप्रतिनिधी र स्थानीय अगुवाहरुको उपस्थितिमा बाँध निर्माण कार्यको सुरुवात गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्कि संरचना निर्माण शुरु गरेको उहाँले जानकारी दिनुभयो ।   वि.स. २०८० चैत १९ मा सम्झौता र २०८१ बैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माण स्थल तयार पारिसकेको छ । वि.स. २०८३ फागुन २१ गते विद्युत उत्पादन गर्ने लक्ष्य सहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिब्रता दिएको आयोजनाका जनरल म्यानेजर गणेशप्रसाद न्यौपानेले बताउनुभयो । वि.स. २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा शुरु भएको एक सय ९८ दशमलब ९० मिटर लामो अडिट नम्बर २ को प्रवेशमार्ग सुरुङ खनेर थप पाँच सय ३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । पाँच किलोमिटर सात सय मिटर सुरुङ मध्य केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न शुरु गर्ने तयारी गरेको छ । सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ ,भारवाङमा रहनेछ् । भारवाङ देखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ् । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा ब्यवस्थापन भैरहेको छ । हालसम्म १६ दशमलब पाँच प्रतिशत भौतिक प्रगति भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । उर्जा इन्जिनियरीङ् एण्ड म्यानेजमेन्ट सोलुुसन प्रा।ली। परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनौटको प्रक्रीयामा रहेको छ । अपर म्याग्दी–१ को प्रर्वद्धक कम्पनी उर्जा डेभलपर्स प्रालीमा आवद्ध छ । भारवाङ देखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि बिनियोजन गरेको रु छ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरहरुलाई हालसम्म रु एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ । बाँध निर्माण कार्यको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष र पुर्वअध्यक्ष पुनद्धय, वडा अध्यक्ष घर्ती र वुद्धीविकास माविका प्रअ जगबहादुर किसानले आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आयोजनामा आवश्यक पर्ने जनशक्तिमा स्थानीयलाई प्राथमिकता दिएर रोजगारी सिर्जनामा सघाउन आग्रह गर्नुभएको थियो । तस्बिर : कमल खत्री
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १९:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP