शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्वतारोही निर्मल पूर्जा 'निम्स' लाई म्याग्दीमा नागरिक अभिनन्दन गरिने
पर्वतारोही निर्मल पूर्जा 'निम्स' लाई म्याग्दीमा नागरिक अभिनन्दन गरिने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन १८, २०८१
inbound7856276684482232480
बेनी। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आगामी फागुन २२ गते बिहिबार म्याग्दीमा नागरिक अभिनन्दन गरिने भएको छ ।  पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत रहनुभएका पूर्जालाई म्याग्दीको सदरमुकाम बेनीबजार परिक्रमा समेत गराइने भएको हो । म्याग्दी जिल्लाका संघीय तथा प्रदेशसभा, स्थानीय तहका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था सहित सरोकारवाला निकायको उपस्थितीमा जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिने पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’ सम्मान मुल समारोह समितिले जनाएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा जन्मिनुभएका पूर्जा निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको अरोहण  म्याग्दी अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सुरु गरी धवलागिरी गापा–४, मुदीमा रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहणबाट थालनी गर्नुभएको थियो । म्याग्दीमा रहेको संसारकै १० औं अग्लो अन्नपूर्ण हिमाल र सातौं अग्लो धौलागिरी हिमालबाट गर्नुभएको थियो । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत हुनुहुन्छ । हाल अमेरिकामा एक टोलीलाई स्काई डाइभ तालिमको प्रशिक्षणमा रहनुभएका आरोही पूर्जा म्याग्दीमा हुने अभिनन्दमा सहभागि हुन आउने तयारीमा रहेको बताउनुभयो । ‘म गृहजिल्लाको सम्मानपछि फेरी फकिन्छु, मलाई जिल्लाबासीसँग रमाउने चाहना छ, मैले पनि जन्मभूमीलाई केही गर्ने सोच बनाएको छु’ आरोही पूर्जाले भन्नुभयो । यसैबीच म्याग्दीमा आरोही पूर्जाको सम्मानका लागि बेनीबजारका संघसंस्था, टोलबासी सहित विभिन्न संघसंस्था सहितको टोली तयारीमा जुटेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २२:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP