शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पोखरा कोटीहोममा नगर प्रहरी र आयोजकबीच झडप (भिडिओ)
पोखरा कोटीहोममा नगर प्रहरी र आयोजकबीच झडप (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २३, २०८१
kotihom-jhadap
पोखरा । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइड स्थित बाराहीघाट मैदानमा कोटीहोम सञ्चालन गर्न तयारीलाई तीव्रता दिएको छ । तर, चौतारो मासिएको विवादमा मुछिएपछि पोखरा महानगरपालिकाले कोटीहोम हुन दिने अडानमा छ ।शुक्रबार बिहान अनुमतिविना भूमिपूजन गर्न खोजेको भन्दै महानगर प्रहरी रोक्न पुगेको थियो । मैदानमा आयोजक पक्षले विधिपूर्वक भूमिपूजन सुरू गरेका थिए । नगर प्रहरीले माला, टेबल, कुर्सी उठाएर गाडीमा हालेपछि विवाद सुरु भएको थियो । दोहोरो झडपका बीच भूमिपूजनको कार्य भने सम्पन्न भएको छ । महानगरका प्रहरी लिएर एक दर्जन वडाध्यक्ष समेत पुगेका थिए । तर, उनीहरुले भूमिपूजन रोक्न सकेनन् । भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/4rUOchVE6hU[/embed] भूमिपूजन सकेर निस्कने बेला नगर प्रहरीले कोटीहोम आयोजक पक्षलाई गेटमा रोकेपछि २ पक्षबीच हानाहान सुरु भएको थियो । झडपका क्रममा दुवै पक्षका केही घाइते भएका छन् । घाइतेलाई उपचारका लागि मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेज लगिएको छ । भूमिपूजन स्थलबाट आयोजकलाई हटाउन महानगर प्रहरी र केही स्थानीय अघि सरेको थियो । आयोजक पक्षले पनि रड र लाठी बोकेको समूह तैनाथ गरेको थियो । कोटीहोम पक्षका युवाहरुलाई पनि नगर प्रहरी सहित विरोधी समूहले लाठी बर्साए ।दुई पक्षबीचको झडपलाई साम्य पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । घटनास्थलबाट अहिले सबैजना तितरवितर भइसकेको बैदाम प्रहरीले बताएको छ । नेपाल ट्रस्टले कोटीहोमका लागि उपलब्ध गराएको बाराहीचोक नेरको खुल्ला जग्गामा तीन महिना लामोसमय कोटीहोम सञ्चालन गर्ने मानव सेवा फाउण्डेशनले जनाएको छ ।महानगरको कार्यपालिका बैठकले समेत कोटीहोम कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेको छ ।उक्त स्थान अति व्यस्त रहेको, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा तथा वातावरणीय संवेदनशीलतालाई ध्यानमा राखेर महानगरले उक्त स्थानमा कोटीहोम गर्न नदिने बताएको छ । फाउण्डेशनका संस्थापक विजय भण्डारी भने जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् । संस्थापक भण्डारीले शान्त आयोजकलाई उत्तेजित बनाएर झडपको अवस्था सिर्जना गराएको बताउँदै कोटीहोम हुन नदिन षड्यन्त्र भइरहेको बताए । पोखराको शिवालयचोकमा व्यवस्थित सचिवालय स्थापना गरी तयारी गरिरहेका छन् ।पोखरा महानगरले सामाजिक सञ्जालमार्फत् भनेको छः ‘विना अनुमति पोखराको बाराही घाटमा कोटी होम सञ्चालनको तयारी गरिरहेका विजय भण्डारी नेतृत्वको टोलीले हतियारबद्ध मानिसहरू परिचालन गरी नगर प्रहरी माथि गरेको आक्रमण प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई समेत कोटीहोम रोक्नको लागि महनगर प्रमुख धनराज आचार्यले बिहानै टेलिफोन गरेको तर, प्रशासनले सहयोग नगरेको महानगरका प्रवक्ता मोति तिमिल्सिनाले सञ्चारकर्मीमाझ बताए ।उच्च अदालत, पोखरामा कोटीहोम गर्न पाउनुपर्ने र कोटीहोम गर्न नदिने दुवै पक्षको रिटमा छलफल चलिरहेको छ । अदालतले संचालन गर्न वा नगर्न भन्ने अन्तरिम आदेश दिएको छैन ।  
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP