शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा घुम्ती शिविर तथा पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिम सुरु (तस्बिरहरु)
म्याग्दीमा घुम्ती शिविर तथा पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिम सुरु (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ३, २०८१
talim ani shibir
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सुचना तथा प्रसारण विभाग काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय तथा सहकार्यमा म्याग्दी सहित बागलुङ ,पर्वत र मुस्ताङ जिल्लाका पत्रकार एवं सञ्चार माध्यमलाई लक्षित गरि आइतबारदेखि उक्त घुम्ती शिविर तथा तालिम सुरु भएको हो । उक्त कार्यक्रमको बेनी नगरपालिका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगर प्रमुख केसीले रानधानी भन्दा बाहिरको दुर्गम जिल्लाका पत्रकार र सञ्चार माध्यमलाई तालिमले टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको यथार्थपरक सूचना जनतालाई दिनु पत्रकारको कर्म भएको भन्दै उहाँले जुनसुकै विषय पनि समाचार हुने तर त्यसको उठान गर्ने तरिकाले अर्थ राख्ने बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ,सुचना तथा प्रसारण विभागकी निर्देशक पुर्णिमा उपाध्याय , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल ,जिल्ला हुलाक कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा र विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारिता पेशालाई समय र प्रविधिको विकाससँगै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले दुर्गम जिल्ला म्याग्दी माध नभई बागलुङ ,पर्वत ,मुस्ताङ लगायत जिल्लाहरुमा कार्यरत पत्रकार र सञ्चारगृहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आफुहरुको आग्रह अनुसार म्याग्दीमा शिविर र तालिम सञ्चालन गर्न आयोजना गरेर सहयोग गरेको भन्दै सुचना तथा प्रसारण विभागलाई धन्यवाद दिनुभयो । तालिम र शिविरले ठुलो टेवा पुग्ने बताउनुभयो ।तालिममा तीस जना बढीले सभागिता जनाएका छन् । ५ गतेसम्म सञ्चालन हुने तालिमा विषय विज्ञ डाक्टर विजय प्रसाद मिश्रले प्रशिक्षण दिनुभएको छ । महासंघ म्याग्दी शाखाका सचिव ठाकुरप्रसाद आचार्यले उद्घाटन कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।पहिलो दिन केही प्रेस प्रतिनिधि प्रमाणपत्र समेत वितरण गरिएको छ ।  
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २२:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP