शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मुस्ताङका पत्रकार थकाली सम्मानीत
मुस्ताङका पत्रकार थकाली सम्मानीत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ८, २०८१
Messenger_creation_9FB919E1-1F17-4FF7-91C7-FAE5BFF4E844
जोमसोम। मुस्ताङका क्रियाशील सुन्दरकुमार थकाली सम्मानीत भएका छन् । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा निश्पक्ष तथा तटस्थ भूमिकामा रही निरन्तर खोजपत्रकारिता मार्फत घरपझोङ गाउँपालिकासहित समग्र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयले बिहिबार आयोजित पन्ध्रौ गाउँसभा अधिवेशनमा उनलाई .दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । मुस्ताङ जिल्लाको सुशासन, समृद्धि र विकासका लागि विगत एक दशक अघिदेखि पत्रकारितामा कलम चलाउँदै आईरहेका मुस्ताङका पत्रकार थकालीलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । २०७० सालदेखि हिमाली जिल्ला मुस्ताङको कठिन भूगोलमा रहेर निरन्तर पत्रकारिता सक्रिय छन् थकाली । पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रिका सुरु गरेका पत्रकार थकाली हाल समाधान राष्ट्रिय दैनिक (पोखरा), अन्नपूर्ण पोस्ट र रासस समाचार एजेन्सीमा कार्यरत छन् । यसअघि उनले आदर्श समाज, राजधानी दैनिक र ईमेज टेलिभिजनमा समेत जिल्ला सम्वादाताको रुपमा कार्यसम्पादन गरिसकेका छन् । यसैगरी घरपझोङ गाउँपालिकाले शिक्षाक्षेत्रमा लामो समयसम्म योगदान पु¥याएका एक व्यक्तिलाई पनि सोही गाउँसभा अधिवेशनमा सम्मान गरेको छ । मुस्ताङको घरपझोङ—४ जोमसोम निवासी शिक्षाप्रेमी जयन्द्रलाल थकालीलाई घरपझोङ गाउँपालिकाले पन्ध्रौ अधिवेशन समारोहमा सम्मान गरेको हो । शिक्षाप्रेमी थकालीले २०२७ सालदेखि शिक्षण पेशा र त्यसपछि ३ दशक बढी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयको समग्र भौतिक तथा शैक्षिक विकासमा योगदान पु¥याएका छन् । उनको योगदानको कदर गर्दै घरपझोङ गाउँपालिका कार्यालयले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । शिक्षाप्रेमी थकालीले आफ्नो कार्यकालमा जोमसोममा अवस्थित जनहित माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा अघि बढाएका थिए । यस्तै शिक्षाप्रेमी थकाली त्रिभुवन विश्व विद्यालयबाट सम्वन्ध लिएर सामुदायिक तेजनिरला क्याम्पस स्थापना गर्न भूमिका खेलेका थिए । जनहित विद्यालयमा कक्षा १२ सम्मको शैक्षिक पठन÷पाठनका अलावा विद्यालयमा सिभिल ईन्जिनीयरिङ कक्षा समेत सञ्चालन गरेका थिए ।घरपझोङ गाउँपालिका कार्यालयले पन्ध्रौ गाउँसभा अधिवेशनका क्रममा गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) तयार गर्ने व्यक्तिलाई पनि गदर पुरस्कारसहित सम्मान गरिएको छ । घरपझोङ—५, ठिनीका स्थानीय युवा निरज थकालीले गाउँपालिकाको लोगो तयार गरेको भन्दै उनलाई नगद २० हजार रुपैया पुरस्कारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । थकालीले गाउँपालिकाको विशेषताहरु भल्किने गरी लोगो तयार पारेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP