शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गाउँपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान
गाउँपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ९, २०८१
जलजला सम्मान
बेनी ।पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार गाउँपालिका  केन्द्र लामाखेतमा गाउँपालिकाद्धारा आयोजित सम्मान कार्यक्रममा नगद सहित विवाहित जोडीहरुलाई सम्मान गरिएको हो ।अन्तरजातीय विवाहले समाजमा छुवाछुत र भेदभावको अन्त्य गर्न सहयोग पु¥याएकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्न सम्मान गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । समाजमा रहेको जातीय विभेद, हिंसा,कुरीति,कुसंस्कार अन्त्य गरी समुन्नत समावेशी एवं छुवाछुतमुक्त जलजला गाउँपालिका बनाउने उद्देश्यले अन्तरजातीय विवाह गर्ने जोडीलाई हौसला प्रदान गर्न सम्मान गरिएको उहाँको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दकला दमाई नेपाली र गाउँपालिका अध्यक्ष आचार्यले अन्तरजातीय विवाह गर्ने दम्पतीहरुलाई नगद पाँचहजार रुपियाँ सहित सम्मान–पत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो । गण्डकी प्रदेश सभा सदस्य नेपालीले अन्तराजातीय विवाहलाई समाजले स्विकार गर्न अझै पनि कठिन भएको बताउँदै सम्मान कार्यक्रमले विवाहित जोडीलाई प्रोत्साहन मिल्नुका साथै समाजमा जनचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । समाजमा भएको जातीय भेदभाव उन्मूलनका लागि स्थानीय सरकारले यस्तै अन्य सचेतनाका कार्यक्रमलाई पनि जोड दिनुपर्ने उहाँको भनाई थियो । पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबिच विवाह भएका जोडीको विवरण संकलन गरेर सम्मान गरिएको जलजला गाउँपालिकाका कार्यपालिका सदस्य एवम् दलित अधिकारकर्मी भिमसेन बहादुर विश्वकर्माले बताउनुभयो । सम्मान कार्यक्रमले समाज अन्तरजातीय विवाहका जोडीलाई हौसला मिल्नुका साथै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत समेत रहनुभएका कार्यक्रमका सम्मानित कृष्ण विश्वकर्माले बताउनुभयो । अन्तरजातीय विवाहका कारण आफूले भोगेका समस्या,चुनौती र अवसरका बारेमा अनुभव बताउनुभएको थियो । कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसी,नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य भिमबहादुर नेपाली,नेपाली कांग्रेस जलजलाका सहसचिव चित्रराज रेग्मी,नेकपा एमाले जलजलाका अध्यक्ष नरबहादुर कार्की,नेकपा माओवादी केन्द्र जलजलाका इन्चार्ज लोकराज आचार्य,नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्वतका उपाध्यक्ष निर्मल नेपाली,दलित अधिकारकर्मी दुर्गा दर्जी,दलित संघ जलजलाका अध्यक्ष बुद्धि परियार लगायतले समाजमा अझै पनि जातीय छुवाछुत कायम रहेकाले स्थानीय सरकारले गर्ने सम्मान लगायतका कार्यक्रमले समाजमा जनचेतना अभिवृद्धी हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा गत वर्ष पालिकाले संचालन गरेको कक्षा ८,१० र राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने दुईरदुईजना दलित छात्र र छात्रालाई पनि नगद तीन हजार रुपियाँ सहित सम्मान गरिएको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत विन्दु शर्माले जानकारी दिनुभयो ।कार्यपालिका सदस्य विकको संचालनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्ष पालिका अध्यक्ष आचार्य र स्वागत उपाध्यक्ष दिपक आचार्यले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १४:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP