शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी फोटोग्राफर संघको अध्यक्षमा रिजाल
म्याग्दी फोटोग्राफर संघको अध्यक्षमा रिजाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ९, २०८१
photographer sanga
बेनी ।  म्याग्दी फोटोग्राफर संघ गठन भएको छ । शनिबार जिल्लाकाे बेनी नगरपालिका-४,स्थित सिंगा तातोपानीमा आयोजित  भेलाबाट भोजबहादुर रिजालको अध्यक्षतामा तर्दथ समिति गठन भएको हो । फोटोग्राफरहरुको हक, हित तथा व्यवसायिक फोटोग्राफीको विकासका लागि गठित  समितिको उपाध्यक्षमा गौरीशंकर चौधरी, सचिव किरण कार्की,कोषाध्यक्ष कृष्णराज पौडेल रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा शालिग्राम गौतम,मनोज राना, चिरञ्जीवी शर्मा आचार्य, सुरेन गुरुङ, खड्क छन्त्याल, मौमता श्रेष्ठ र प्रवेश पौडेललाई चयन गरिएको सचिव कार्कीले जानकारी दिनुभयो । तर्दथ समितिका अध्यक्ष रिजालले ६ महिनाभित्र प्रथम साधारणसभा गरिने बताउँदै जिल्लाभित्र रहेका फोटोग्राफरहरुलाई सदस्यता लिन अनुरोध गर्नुभयो । भेलाबाट अमर बानियाँ, सञ्जयकुमार श्रेष्ठ र मित्रबहादुर कार्कीलाई संरक्षक चयन गरेको छ ।यसैबीच गण्डकी फोटो फोटोग्राफर महासंघको पूर्ण बैठकमा फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताउँदै आगामी दिनमा थप सक्रियता आवश्यक रहेको महासंघका अध्यक्ष नारायण बहादुर केसीले बताउनुभयो । ९ जिल्लाका २७ जनाको उपस्थितीमा आयोजित भेलाबाट ब्यवसायिक फोटोग्राफरको क्षमता विकास सहितको सीपका लागि प्राथमिकता दिने निर्णय भएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १७:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP