शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • स्थापना दिवसको अवसरमा म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता
स्थापना दिवसको अवसरमा म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत १४, २०८१
IMG_6699-min
बेनी ।नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको पूर्वसन्ध्याको अवसर पारेर बिहीबार म्याग्दीको बेनीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो ।म्याग्दी सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा रहेको फुटसलस्थलमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो चरणमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङ ९रातो० समूहले म्याग्दी शाखालाई शुन्यका विरुद्ध ९ गोल प्रहार गरी दोस्रो चरणमा प्रवेश गरेको थियो । यसैगरी दोस्रो चरणमा पत्रकार महासंघ बागलुङ शाखा ९निलो० समूहले म्याग्दी मिडिया सोसाईटीलाई १ गोलका विरुद्ध २ गोल गर्दै विजयी भएको थियो । त्यस्तै तेस्रो तथा अन्तिम चरणको फाइनलखेलमा पत्रकार महासंघ बागलुङ शाखा रातो र निलो समूहको बीचमा प्रतिस्पर्धा भएको थियो । फाइनलमा रातो समूहले २ गोलका विरुद्ध ६ गोल गर्दै मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा विजेता र उपविजेता समूहलाई क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । प्रतियोगितामा म्याग्दीबाट २ र बागलुङबाट पनि २ वटा टोली सहभागी भएको थियो । फुटसल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले खेलकुदले मानिसको शारिरीक तथा मानसिक विकासमा सहयोग पु¥याउने बताउनुभयो ।उहाँले पत्रकार महासंघ म्याग्दी शाखाले पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिता अत्यन्तै सराह्रनीय भएको बताउँदै प्रतियोगिताले दुई जिल्लाका पत्रकारहरुको बीचमा एकता र भावनात्मक सम्बन्धको विकास गर्ने बताउनुभयो । राज्यले चौथो अङ्ग मानेको सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार रिपोर्टिङको साथमा अन्य क्षेत्रमा पनि लाग्नुपर्ने उहाँको भनाइ छ । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा (अविरल)ले पत्रकार महासंघको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आयोजना गरेको फुटसल प्रतियोगिताले एकापसमा हार्दिकता, भाइचारा र सद्भावको सम्बन्ध विस्तार भएको बताउनुभयो । उहाँले सौहार्दपूर्ण वातावरण सम्पन्न प्रतियोगिताको साथमा पत्रकार साथीहरुबीच भेटघाट र परिचय हुनुका साथै आउँदा दिनमा बागलुङ शाखाले पनि पत्रकारहरुको बीचमा मैत्रीपूर्ण कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पत्रकारहरुको बीचमा सम्बन्ध प्रगाढ र बलियो बनाउने उद्देश्यले महासंघको स्थापना दिवसलाई लक्षित गरेर फुटसल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले पत्रकार महासंघ म्याग्दीको वर्तमान कार्यसमितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाइरहेको बताउँदै आगामी दिनमा पनि दिवसीयलगायत कार्यक्रहरुलाई निरन्तरता दिने बताउनुभयो ।फुटसल प्रतियोगितामा म्याग्दी र बागलुङबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार एवं सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २१:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP