शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा, विभिन्न संघसंस्था र व्यक्तिलाई आर्थिक सहयोग तथा सम्मान (तस्बिरहरु)
म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा, विभिन्न संघसंस्था र व्यक्तिलाई आर्थिक सहयोग तथा सम्मान (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १६, २०८१
IMG_6728
बेनी । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा आठौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो । साधारणसभामा गएको पुस २८ गतेदेखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा लगाइएको आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलामा प्रवेश टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग गरिएको छ । टिकटबाट भएको आम्दानीतर्फ नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीलाई ५० हजार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमितिलाई ३५ हजार र नेपाल बाल सङ्गठनलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा विभिन्न विपद्लगायत घटनाबाट क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका सदस्यहरुलाई पनि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसको बिबिएसतर्फ उत्कृष्ट अङ्कसहित स्नातकोत्तर तह उत्तीर्ण हुन सफल पर्वतको जलजला गाउँपालिका–२ निवासी राजेश कार्की र म्याग्दीको बेनी नगरपालिका–६, निवासी सुष्मा उपाध्याय पौडेललाई क्रमशः नगद पाँचहजार रुपैयाँसहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो । साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले गएको आवको आयव्यसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जिल्लाको उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले बेनी नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा व्यावसायिक कर सङ्कलनको कार्य अगाडि बढाइएको बताउनुभयो । संविधानसभा सदस्य रेशमबहादुर बानियाँले निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघले मेला, महोत्सवमार्फत जिल्लाको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले पछिल्लो समय विभिन्न कारणले उद्योग व्यवसाय धरासायी बनेको बताउँदै सरकारले उद्योगमैत्री नीति र कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । साधारणसभाको उद्घाटनसत्रमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विनोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्वागतसहित अध्यक्षता र महासचिव नारायण घर्ती क्षत्रीले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटनसत्र संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले धन्यवाद मन्तव्यका साथ समापन गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २२:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP