शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी नगरपालकिा पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा
बेनी नगरपालकिा पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २१, २०८२
beni purna khoo
बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार दुई सय ९२ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएपछि जिल्ला सदरमुकाम समेत रहेको  नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दश वटा वडा रहेको नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप लगाएको निश्चित भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबिच नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिकाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबैखोपको मात्रा पुरा गरेको बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो । चालु वर्षमा म्याग्दीका अन्नपूर्ण गाउँपालिका, धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरिसकिएको छ । जिल्ला भित्रका सबै स्थानीय तहहरु घोषणा गरेर वैशाख २५ सम्म जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना रहेको जिल्ला खोप समन्वय समिति म्याग्दीले जनाएको छ । खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको छ । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP