शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेस म्याग्दीद्वारा बजेट सुनिश्चित गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण
कांग्रेस म्याग्दीद्वारा बजेट सुनिश्चित गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख २५, २०८२
494862629_1359542212034644_6535084931692040920_n
बेनी । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेशको आर्थिक बर्ष २०८२/८३ को योजना छनौट तथा बजेट बिनियोजनमा बिभिन्न शीर्षकमा बजेट सुनिश्चित गर्न माग गरेका छन् । बुधबार नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकुमार श्रेष्ठको नेतृत्वमा समग्र जिल्लाको बिकासका लागि एक नगरपालिका र पाँच गाउँपालिकाको अति आबस्यक बिभिन्न शीर्षकमा रहेको योजनाहरु कार्यान्वयन तथा बजेट बिनियोजनको लागि नेपाल सरकार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा मन्त्रिपरिषदको कार्यालयलगायत सम्बन्धित कार्यालयका मन्त्रीहरुसंग भेटेर आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन् । उक्त भेटवार्ता कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति एवम् सम्बिधान सभा सदस्य रेशमबहादुर बानियाँ, पुर्व सह–सभापति नेत्रबहादुर महत, उपसभापति कर्णबहादुर भण्डारी (केवी), पदाधिकारी सदस्य, महाधिबेसन प्रतिनिधि, गाउँपालिका सभापति, गाउँपालिका अध्यक्ष लगायत उपस्थिति रहेको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादर पुनले जानकारी दिनुभयो । आर्थिक गतिविधि बढाउनेसँगै सामाजिक चेतनाको स्तर र जीवनस्तर रुपान्तरण गर्ने विकास योजनालाई प्राथमिकता दिन समेत आग्रह गरेका छन् । स्थानीय तहका प्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीले स्थानीय तहको समन्वय, सहकार्यमा मात्र बजेट विनियोजन गर्न र हाल सञ्चालनमा रहेका योजना सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नु सुझाव दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP