शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २८, २०८२
received_2463835790635254
म्याग्दी। ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई गण्डकी प्रदेशमा यसवर्ष पनि पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो ।   बच्चा जन्मेदेखि १५ महिनासम्मका १२ सय ३५ जनाले नियमित खोप लगाइरहेका छन्भने १६ महिनादेखि २७ महिनासम्मका ३ सय ६३ र १६ देखि ५९ महिनासम्मका ३२ सय ८८ जना बालबालिकाहरु सबैले पूर्णखोप पाएको सुनिश्चिता गर्दै म्याग्दीलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धतासहित पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको छ । बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न १४ प्रकारका खोपहरु पाएका छन् । जन्मेदेखि १५ महिना भित्रका बालबालिकाहरु सबैले हाल नियमित रुपमा खोप लगाइरहेका छन् । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएको उमेर समूहका बालबालिकाहरु सबैले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रिया पुरा गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, धनुष्टङ्कार, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १४ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् । जिल्लाको सम्पूर्ण घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा यसअघि वडा तथा पालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यक्रमको अवसरमा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने अभियानमा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थाहरु र पत्रकार महासंघलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा लामो समयसम्म सेवा गरेकोमा पालिकाअनुसार विभिन्न ६ जना महिला स्वयंसेविकालाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यसैगरी प्रदेश खोप समन्वय समितिको तर्फदेखि म्याग्दीलाई पूर्णखोप सुनिश्चितता घोषणा भएको तथा दिगोपना कायम राख्नको लागि प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा आगामी दिनमा पनि म्याग्दीलाई पूर्णखोप सुनिश्चित र दिगोपना राख्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिएको छ । पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेशभरी नै म्याग्दीलाई पहिलो पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियानमा खटेका सबैलाई धन्यवाद दिनुभयो । उहाँले मानव जीवनमा सबैभन्दा महत्वपूर्ण स्वास्थ्य भएकाले प्रदेश सरकारमार्फत बजेट विनियोजन गर्ने क्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति युवराज रोका, प्रदेश स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक प्रविन शर्मा, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका खोप अधिकृत एकनारायण लम्साल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आगामी दिनमा पनि जिल्लालाई पूर्णखोप सुनिश्चितता र दिगोपना कायम राख्न निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख ठकुराठीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षता र जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रम शाखा अधिकृत अमृत सुवेदीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुले सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २०:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP