शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धार्मिक पर्यटन मार्फत गण्डकी प्रदेशको समृद्धि : मुख्यमन्त्री पाण्डे
धार्मिक पर्यटन मार्फत गण्डकी प्रदेशको समृद्धि : मुख्यमन्त्री पाण्डे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख २९, २०८२
Cm surendra Pande
म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो।   आइतबार बेनी नगरपालिका–२ ,ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा रहेका धार्मिक स्थलको प्रवर्द्धन र प्रचारप्रसार गरी धार्मिक पर्यटक भिœयाएर प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने धाराणा व्यक्त गर्नुभयो। प्रदेश भित्र रहेका मुख्य धार्मिक स्थलमा पूर्वाधार निर्माण र प्रवर्धनमा प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। धार्मिक स्थलको प्रचारप्रसार र प्रवर्धनका लागि स्वामी कमलनयन गुरुले चालेका प्रयासलाई प्रदेश सरकारको पनि साथ र सहयोग रहेको उहाँको भनाइ थियो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘गण्डकी प्रदेशमा धार्मिक पर्यटनको उच्च सम्भावना छ। धार्मिक स्थलहरुको प्रचारप्रसार गरी  स्वदेशी तथा विदेशी धार्मिक भक्तजन ल्याउन सकिन्छ। धार्मिक स्थललाई पर्यटनसँग जोड्ने गरी प्रदेश सरकारले केही योजना र कार्यक्रम पनि बनाएको छ। धार्मिक स्थलमा धार्मिक पर्यटक एवम् भक्तजन सहज रुपमा पुग्ने अवस्था सिर्जना गर्न प्रदेश सरकारले सडक निर्माणलाई प्राथमिकता दिएको छ।’’ मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि  संचालित महायज्ञ ३० गतेसम्म संचालन हुनेछ। धार्मिक पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको कमलनयनाचार्यले बताउनुभयो। गौश्वरा गोवर्द्धन गौ धाम समितिका अध्यक्ष डम्बरबहादुर खत्रीले महायज्ञमार्फत् गौश्वरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो। महायज्ञमा  संकल्पकर्ता  श्रीमुक्तिनाथबाबा र प्रमुख बाचक आचार्य श्रीसुशर्दनबडालले दैनिक रुपमा धार्मिक प्रवचन दिनुभएको छ। महायज्ञमा म्याग्दी,पर्वत र बागलुङ लगायतका जिल्लाहरुबाट दैनिक रुपमा धार्मिक भक्तजनहरु पुगेका छन्। महायज्ञ मार्फत करिब तीन करोड रुपियाँ सहयोग संकलन हुने आयोजकले अपेक्षा गरेका छन्। आइतबार सम्म करिब ९० लाख रुपियाँ संकलन भइसकेको आयोजकले जनाएका छन्। महायज्ञमा बचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्देश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने महायज्ञ सम्पादन समितिका संयोजक तथा बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो।  
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०७:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP