शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका तीन जना पत्रकार पुरस्कृत
म्याग्दीका तीन जना पत्रकार पुरस्कृत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ३०, २०८२
journalist -bikasa ppatrakarita
म्याग्दी । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार प्रताप बानियाँ, दलप्रसाद विश्वकर्मा (अमित) र राकेश शर्मालाई जनही नगद ११ हजार रुपियाँ र सम्मान पत्रले पुरस्कृत गरिएको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो । संविधान सभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, नरदेवी पुन गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली र जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री लगायतले नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत एवम् सम्मान गर्नुभएको थियो । बानियाँलाई आर्थिक वर्ष २०७८/०७९, विश्वकर्मालाई २०७९/८०, शर्मालाई २०८०/०८१ को पुरस्कार एकैपटक प्रदान गरिएको हो । पुरस्कृत हुनुहुने पत्रकारहरु जिल्ला र केन्द्रीय स्तरका विभिन्न सञ्चार माध्यममा एक दशक भन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ । नवीन सोच तथा प्रतिभाको प्रयोग गरी खोजमुलक, अनुसन्धानमुलक समाचार मार्फत जिल्लाको समग्र विकासमा योगदान पु¥याएको भन्दै पत्रकारहरुलाई नगद सहित सम्मानित गरिएको जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले बताउनुभयो । तत्कालिन समयमा जिल्ला विकास समितिले स्थापना गरेको। दुई लाख रुपियाँको कोषमा जिल्ला समन्वय समितिले एक लाख थपेर तीन लाख रुपियाँको विकास पत्रकारिता अक्षय कोष बनाएको छ । पत्रकारहरुबाट आवेदन संकलन गरेर लेखेका समाचार मूल्याङ्कन गरी छनौट समितिद्धारा उत्कृष्ट पत्रकारहरु छनौंट गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । २०७२ मा तत्कालिन जिल्ला विकास समितिले म्याग्दी जिल्लाको विकास पत्रकारिता अक्षयकोष कार्यविधि २०७२ बनाएर उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एकजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ । यसैगरी बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकालाई जिसस म्याग्दीले कदरपत्रद्धारा सम्मान गरेको छ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कन कार्यविधि बमोजिम आ.व २०८०/०८१ को मुल्याङ्कनमा ९०.२५ अंक प्राप्त गरी म्याग्दी जिल्लाका स्थानीय तहहरु मध्य सर्वोत्कृष्ट स्थान प्राप्त गरेको भन्दै नगरपालिकालाई कदरपत्रद्धारा सम्मान गरिएको छ । यस्तै स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ बमोजिम आ।व २०८०/०८१ को मूल्याङ्कनमा ८९ अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहहरु मध्य सर्वोत्कृष्ट भएको भन्दै कदरपत्रद्धारा सम्मान गरिएको जिससका शाखा अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १९:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP