शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ २, २०८२
balmandit
बेनी । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा विहिबार सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्रप्रसाद केसीले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस वर्षदेखि एसइई परिक्षामा बालमन्दिरका विद्यार्थी सहभागी हुन थालेका छन् । नगर प्रमुख केसीले विद्यालयलाई वार्षिकोत्सवको शुभकामना दिनुभयो । उहाँले विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न विद्यार्थी ,शिक्षक , अभिभावक र सरकार सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुनेमा जोड दिनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले विभिन्न कार्यक्रम संचालन र पुर्वाधार क्षेत्रको विकास गरे पनि लगानी अनुसारको उपलब्धी हासिल नभएको उहाँको भनाइ थियो । हाल दुई सय ७२ जना विद्यार्थी रहेको बालमन्दिरमा पछिल्लो समय विद्यार्थी संख्या बढेको छ । १८ जना शिक्षक कर्मचारी मध्य चार जना शिक्षक र एक जना सुरक्षा गार्ड निजी स्रोतका छन् ।कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, पुर्व नगरप्रमुख हरिकुमार श्रेष्ठ, वडा नमबर–८, का अध्यक्ष उत्तम कर्माचार्य, वडा नम्बर –७ ,का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । शिक्षक र विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP