शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु
रघुगंगामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ८, २०८२
IMG_0031
मौवाफाँट। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुई दिने आँखा मोतियाविदुको नि: शुल्क शल्यक्रिया शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा मौवाफाँटमा सुरु भएको उक्त शिविरको विहिबार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । राज्यमन्त्री गर्बुजाले आर्थिक अभावका कारण अस्पताल जान नसकेका दुर्गम गाउँका आँखा रोगी विरामीको उपचारमा शिविरले सहयोग पुग्ने बताउनुभयो । आफ्नो पहलमा गाउँपालिका भित्र खानेपानी ,सिंचाइ ,सडक लगायत विभिन्न विकास पुर्वाधार निर्माणको लागि एक अर्ब बढीका ओजना संचालनमा रहेका जानकारी गराउँदै सबै आयोजनालाई समयमै सम्पन्न गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आर्थिक अभावका कारण उपचारबाट बञ्चित विरामीको उपचारका लागि शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार,गाउँपालिकाले यसअघि विभिन्न बस्तीमा संचालन गरेको निःशुल्क शिविरबाट आँखाको परिक्षण गर्दा पहिचान भएका मोतियाविन्दु भएका विरामी र विहिबारदेखि संचालित शिविरमा परिक्षणबाट पहिचान भएका मोतियाविन्दु विरामीको निःशुल्क उपचार गरिनेछ । गाउँपालिकाका दर्मिजा,भगवती ,पिप्ले ,घ्यासिखर्क लगायत बस्तीमा पुगेर परिक्षण गर्दा मोतियाविन्दु पहिचान भएको र मोतियोविन्दुको निःशुल्क शल्यक्रिया गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । शुक्रबारसम्म संचालन हुने शिविरमा करिब दुई सय जना मोतियाविन्दुको निःशुल्क उपचार संगै आवश्क औषधि र चस्मा वितरण गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जैसवालले जानकारी दिनुभयो । यसैगरी सोही अवसरमा राज्यमन्त्री गर्बुजालाई गाउँपालिका ,कांग्रेस गाउँपालिका कार्यसमिति लगायतले बधाई सहित सम्मान गरेका थिए । शिविरमा तिलगंगा आँखा अस्पतालकी वरिष्ठ नेत्र विशेषज्ञ डा इन्दिरा पौडेल लगायतको टिमले सेवा दिनुभएको छ । यसैगरी गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २३:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP