शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास(भिडिओ)
रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ ९, २०८२
IMG_0599 (1)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । २७ जना जग्गादाताहरूले निःशुल्क रूपमा उपलब्ध गराउनुभएकाे  जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी हुने बताउनुभयो । भिडिओ हेर्नुहोस... [embed]https://youtu.be/Z5I2WvdaCkk[/embed] उहाँका अनुसार २७ जना स्थानीयको जग्गा व्यवस्थापन भएको २५ रोपनीमध्ये १४ रोपनी क्षेत्रफल जमिनमा प्रशासकीय भवन निर्माण हुन लागेको हो । अध्यक्ष भण्डारीले जग्गाधनीसँग मञ्जुरी लिएर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाड गरिएको बताउनुभयो । धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर करिब ६ रोपनी क्षेत्रफलमा आठ मिटर फराकिलो सडक बनाइएको छ भने बिचको जग्गा गाउँपालिकाको भवन बनाउन लागिएको हो । माथिल्लो र तल्लो भागको करिब ६ रोपनी जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ ।यसअघि जग्गा ब्यवस्थापनका लागि उपभोक्ता समिति बनाइएको थियो । जग्गा व्यवस्थापन र विकास गर्न एक करोड ५० लाख रुपियाँभन्दा बढी खर्च भएको छ । हाल बहुद्देश्यीय भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।गाउँपालिकाका सवइन्जिनियर कमलबहादुर चोखालका अनुसार गाउँपालिका केन्द्र वडा नम्बर ३ मौवाफाँटमा निर्माण हुने तीन तले भवनको कुल नौ करोड ४० लाख ४४ हजार रुपियाँ लागत रहेको छ । पहिलो चरणमा ढलानसहितको पहिलो तलाका लागि गाउँपालिकाबाट विनियोजित दुई करोड रुपियाँको ठेक्का आह्वान गरिएकोमा प्रतिस्पर्धाका क्रममा कम कबोलेको मातृभुमी डेभलपर्स एण्ड इन्जिनियरिङ्ग प्रालि काठमाडौँसँग गत वैशाख १० गते एक करोड ३१ लाख ९८ हजार रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यही असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ । भुँइ तलामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहितको ११ कोठा, दोस्रो तलामा उपाध्यक्षको कार्यकक्षसहितको ११ र तेस्रो तलामा सभाहलसहितको ३५ कोठे भवन निर्माण हुनेछ । थप बजेट व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारसँग समन्वय र पहल भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । हाल कार्यालय संचालित सभाहल सहितको बहुद्देश्यीय भवनलाई आवासीय भवनको रुपमा प्रयोग गरिने उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १५:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP